site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेको छ । फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्दा फाइनलमा पहिलो पटक पुगेको क्रोएसियाले भने उपाधि उचाल्ने राम्रो अवसर गुमायो ।

फ्रान्सलाई उपाधि दिलाउन एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे र पाउल पोग्बाले गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ६९औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई ४–२ गोलको स्थितिमा पुर्याएका थिए । फ्रान्सका किपरको गल्तिको फाइदा उठाउँदै मारियोले गोल गरेका थिए । 

फ्रान्सका लागि किलियन एमबाप्पेले खेलको ६५औं मिनेटमा गोल गर्दै ४–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५९औं मिनेटमा पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाएका थिए । पोग्बाले प्रहार गरेको बल क्रोएसियाका खेलाडीले रोकेका थिए । दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको हो ।

Global Ime bank

यसअघि पहिलो हाफमा फ्रान्सले २–१ गोलको अग्रता बनाएको थियो । खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरेका थिए । यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । 

१–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो । क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे । यसअघि क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो । 

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने हुदा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । क्रोएसियाले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको थियो ।

यसअघि फ्रान्सले सन् १९९८ मा विश्वकप फुटबलको उपाधि उचालेको थियो ।

विजेता फ्रान्स, उपविजेता क्रोएसिया तथा गोल्डेन बुट, गोल्डेन बल विजेता खेलाडीलाई रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, विश्व फुटबल महासंघका अध्यक्ष गियानी इन्फान्टिनो लगायतले ट्रफि तथा मेडल प्रदान गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC