site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुन तस्करी र सनम हत्याको नाइके गोरे नै, भेटिएन ‘ठूलो माछा’
Ghorahi CementGhorahi Cement

 

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याको मुख्य योजनाकार चूडामणि उप्रेती ‘गोरे’ नै रहेको विशेष अनुसन्धान समितिले निष्कर्ष निकालेको छ । थाई एयरलाइन्सका वरिष्ठ टेक्निसियन सोनु वनको दुर्घटनामा भएको मृत्यु र नेपाल वायुसेवा निगमका कर्मचारीको सिहंदरबार प्रहरी वृत्तमै भएको आत्महत्या पछाडिको कारण पनि गोरे नै भएको समितिको निष्कर्ष छ । 

गत माघ ९ गते यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको साढे ३३ किलो सुन गायब भएपछि गोरेको समूहले फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । सुन गायब भएको आशंकामा गोरेको समूहले सनमलाई यातना दिएको भिडियो नै सार्वजनिक भइसकेको छ । सनमको हत्यासँगै थाई एयरवेजका वरिष्ठ टेक्निसियन सोनु वनको दुर्घटनामा मृत्यु भएको थियो भने नेपाल वायुसेवा निगमका लोडर प्रेमनारायण चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको शौचालयमा आत्महत्या गरेका थिए ।

Agni Group

सनमको हत्या र अन्य यी दुई घटनाको मुख्य योजनाकार पनि गोरे नै भएको सरकारी अनुन्धान समितिले निष्कर्ष निकालेको छ । समितिका एक सदस्यका अनुसार ३८ क्वीन्टल स्न तस्करी र हत्या गोरेकै योजनामा भएको देखिन्छ । ‘‘अरुहरुको सहयोग छ, आर्थिक लगानी पनि देखिएको छ तर सनम हत्या, अन्य घटना र ३८ क्वीन्टल सुन तस्करीको केन्द्रमा गोरे नै रहेको हाम्रो अनुसन्धानबाट देखिन आएको छ,’’ ती सदस्यले बाह्रखरीसँकग भने । यस्तै समितिले प्रहरी अधिकारीले सनम हत्याका योजनाकारलाई बचाउन भूमिका खेलेको र तस्करीमा विभिन्न समयमा सहयोग गरेको पनि निष्कर्ष निकालेको छ । 

तस्करी भएको कुल ३८ क्वीन्टल र हराएको भनिएको साढे ३३ किलो सुनका मालिक एमके अग्रवाल, विमल पोदार, राजु दारुका र भुजुङ गुरुङ पनि तस्करीका नाइके भएको समितिले निष्कर्ष निकालेको छ । समितिका ती सदस्य भन्छन्, ‘‘उनीहरु सबै तस्करीमा संग्लन छन्, तर उनीहरुको उच्च तहको सेटिङ पनि देखिन्छ । उनीहरु पर्दापछाडि बसेर काम गर्थे ।’’

Global Ime bank

अनुसन्धान समितिको बुझाइमा गोरेसँग जोडिएका एमके अग्रवाल, भुजुङ गुरुङ, विमल पोदार र राजु दारुका नै अहिले अनुसन्धान जारी रहेको सुन तस्करीका ‘ठूला माछा’ हुन् । 

नागढुंगामा बरामद सुन दुबइबाट तस्करी
यही असार १६ गते काठमाडौंको नागढुंगामा बरामद भएको ३ किलो सुन पनि गोरेकै समूहमा रहेका व्यक्तिबाट आएको समितिको बुझाइ छ । समितिका एक सदस्यले तीन किलो सुनबारे पनि केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बतचाए । महेन्द्रनगर हुँदै भारत जान लागेको ३ किलो सुन त्रिभुवन विमानस्थलबाट तस्करी भएको र काठमाडौंमा लुकाएर राखिएको अनुसन्धानबाट खुलेको छ । 

समितिको म्याद सकिँदै, बाँकी अनुसन्धानमा सीआईबीले सघाउने
अहिले ३८ क्वीन्टल सुन तस्करी र सनम हत्याको मुद्दा मोरङ जिल्ला अदालतमा चलिरहेको छ । मोरङ प्रहरीले हेरिरहेको मुद्दामा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सघाउँदै आएको थियो । 

समितिको म्याद यही असार मसान्तमा सकिँदैछ र थपिने सम्भावना अब न्यून छ । समितिका एक सदस्यले भने, ‘‘म्याद थपिने सम्भावना लगभग छैन । यस्तो अवस्थामा बाँकी रहेको मुद्दा, फरार प्रतिवादी समात्ने कुरामा सीआईबीले मोरङ प्रहरीलाई सघाउँछ ।’’ समितिले सरकारलाई साउन पहिलो साता प्रतिवेदन बुझाएसँगै थप केही व्यापारी र अन्य क्षेत्रका केही व्यक्तिलाई पनि प्रतिवादी बनाउन सिफारिस गर्ने तयारी छ ।

प्रतिवेदनमा सुरक्षा निकायमा सुधार, अध्यागमन, विमानस्थलका कर्मचारी, भन्सारलगायतका क्षेत्रमा देखिएका कमजोरी र सुधारका उपायबारे पनि उल्लेख गरिनेछ । सरकारले मन्त्रीपरिषद् बैठकबाटै संगठित अपराध निवारण ऐन २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा चैतको तेस्रो साता छानबिन समिति गठन गरेको थियो । यसअघि पनि समितिको म्याद दुइपटक थपिएको थियो । 

‘ठूला माछा’को चर्चामात्रै 
आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसरमा गएको जेठ २३ गते गृहमन्त्री रामबहादुर थापाले भनेका थिए, “सुन तस्करीमा अहिले मझौला र साना माछा पक्राउ परेका छन् । अब ठूला माछा पनि पक्राउ पर्छन, उनीहरुमा छटपटी भइसकेको छ ।” तर, गृहमन्त्रीले भनेजस्तो ठूला माछा समातिएनन् । अनुसन्धान समितिले भुजुङ गुरुङ, गोरे, एमके अग्रवाल नै ठूला माछा भएको बताउँदै आएको थियो । 

अनुसन्धान समितिले हराएको भनिएको साढे ३३ किलो सुन कहाँ गयो भन्ने कुरा भने पत्ता लगाउन सकेन । समितिले यसअघि पनि भने सुन समातिने बताउँदै आएको थियो । गत वैशाख २० गते जिल्ला प्रहरी कार्यालय मोरङले २९ जनालाई पक्राउ गरी ३४ जनालाई फरार अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा थप १२ जनाको संलग्नता समितिले भेट्टाएको थियो । यसअघि नै २ जना छुटिसकेका थिए भने ३ जनाई अदालतले सोमबार धरौटीमा छाडेको छ ।

फरार रहेका सुनका मुख्य लगानीकर्ता भनिएका धरान घर भएका एमके भनिने मोहन अग्रवाल, गोरेका भाइ रमेश उप्रेती, काभ्रे बेथानचोक–४ घर भएका हरिशरण खड्का र सुनसरीको इटहरीका वेनु श्रेष्ठविरुद्ध रेड नोटिस जारी गरिएको छ । १६ जनाले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत विराटगरमा निवदेन दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC