site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ओलीको शरीरबाट राणा र शाहको प्रेत धपाउन नागरिक आन्दोलन’
Ghorahi CementGhorahi Cement

प्राध्यापक डा. गोविन्द केसी नेपालको चिकित्सा शिक्षाको अवस्था सुधार्न लागि पन्ध्रौँपटक अनशनमा छन् र उनको सत्याग्रहको सोह्रौं दिन (शनिवार) पुग्दा दैनिक पत्रिका तथा नागरिक समाजको समर्थन क्रमशः बढ्दै गएको छ । गएको साता सरकारले नागरिकका हक र अधिकारका विषयमा गरेको बेवास्ता, घमण्ड र दम्भविरुद्ध उठेका आवाजमा नागरिक समाजका अगुवा कृष्ण पहाडीको कान्तिपुरमा असार २६ गते मंगलवार प्रकाशित लेख सबैभन्दा चर्चित र सशक्त देखियो । आफ्नो लेखमा पहाडीले स्पष्ट लेखेका छन् – ‘‘वर्तमान सरकारको कतिपय स्वतन्त्रता विरोधी निर्णयहरू र स्वेच्छाचारी गतिविधिहरू हेर्दा दुःखका साथ भन्नुपर्छ, नेकपाको मूल चरित्र माओवादीको जस्तो अलोकतान्त्रिक र एमालेको जस्तो कुशासनको संगम हुन पुगेको छ ।’’

विसं २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनको उठान गर्ने नागरिक आन्दोलनका एक अगुवा कृष्ण पहाडीले यस लेखमा भनेका छन् – नेकपाको सरकारले समाजवाद उन्मुख नारा घन्काउँदै साम्यवादी सत्ताको बुइँगलमा पुग्ने सपना देखेको यो सरकारले जनताको स्वतन्त्रताको धरहरा भत्काउन राज्यका समस्त संरचनाहरूको दुरुपयोग गर्दै नियोजित ढंगले अभियान थालेको देखिन्छ । पहाडीले प्रधानमन्त्री ओलीलाई राणा र शाहको निरंकुशतन्त्रको भूत चढेको भन्नेसम्म आरोप लगाएका छन् । यसका लागि नागरिक आन्दोलनको जरुरी पर्ने स्थिति नआओस् भन्दै उनले घोषणा गरेका छन् – अवस्था आएको खण्डमा जेल भर्नेदेखि अन्य सबै प्रकारका नागरिक आन्दोलनको सुरुवात हुनेछ । सो लेखमा पहाडी लेख्छन् – ‘‘ओलीको शरीरबाट राणा र शाहहरूको प्रेतलाई धपाउन फेरि अर्को नागरिक आन्दोलनको खाँचो मुलुकले गरेको छ । ...आशा गरौँ यो स्थिति नआओस् । त्यसभन्दा अगाडि नै नेकपा आफैँले ओलीभित्रको प्रेतलाई भगाउन सक्यो भने उत्तम, होइन भने समग्र नेपाल कम्युनिस्ट पार्टीले वर्षौंसम्म त्यसको मूल्य तिर्नुपर्ने हुन्छ ।’’

अनशनरत डा. गोविन्द केसीको मागलाई सबैजसो दैनिकले समर्थन जनाइरहेका छन् । त्यसमध्ये दीपक दाहालले नागरिक दैनिकमा असार २४ गते आइतवार संप्रेषण गरेको समाचार ‘यसकारण जायज छन् डा. केसीका माग’ मा अनशनका विषयमा धेरै कुरा प्रष्ट पारिएको छ । सो समाचारमा डा. गोविन्द केसीका कारण विदेशमा धेरै नेपाली विद्यार्थी पढ्न गएको भन्ने आरोपको खण्डन, काठमाडौंमा किन थप मेडिकल कलेज खोल्न हुँदैन भन्ने विषयमा ठोस उत्तर, किन एउटा विश्वविद्यालयले धेरैवटा मेडिकल कलेजलाई सम्बन्धन दिनु हुँदैन भन्ने विषयमा तथ्यसहित कारण खुलाइएको छ । साथै डा. गोविन्द केसीले नयाँ मेडिकल कलेज खोल्नु हुँदैन भनेर अहिलेसम्म नभनेको र तथ्यलाई बंगाउन खोजेको विषयमा पनि नागरिकले स्थिति प्रष्ट पारेको छ । बुधबारको पत्रिकामा नागरिकले डा. केसीलाई सरकारको लागि प्रतिपक्षी तर जनताको नायक भएको भन्दै मुख्य समाचार प्रकाशित गरेको थियो ।

Agni Group

कृष्ण पहाडीको लेख प्रकाशित गर्नु एकदिन अघि सोमवारको दिन कान्तिपुरले गोपाल खनालको लेख प्रकाशित गरेको थियो । खनालको विचारमा ओली धेरै नै विद्वान् र सम्पूर्ण विषयका ज्ञाता भएका कारणले अधिकार उनीमा आफैँ केन्द्रीकृत भएको हो । अहिले अधिनायकवाद आउँछ भन्नु वितण्डावाद र ओलीको विषयमा गलत बुझाई हो । खनाल लेख्छन् – देशमा अराजकतावादको अन्त्य हुनुपर्दछ । देशमा हिजो सरकारको अनुपस्थिति थियो भन्दैमा अब भोलि पनि अनुपस्थित हुनुपर्दछ भन्ने होइन, त्यसैले सरकारको उपस्थितिलाई गलत अर्थ लगाइएको हो भन्ने खनालको धारणा देखिन्छ । 

उता प्रधानमन्त्री केपी शर्मा ओलीले भने डा. केसीको माग पूरा नगर्ने हठ कायमै राखेका छन् । दुई तिहाइको सरकारले आफूले चाहेको कानुन बनाउन पाउनुपर्ने र कोही व्यक्ति अनशन बसेको भरमा यो परिवर्तन नहुने उनले भन्दै आएका छन् । ओलीको यस भनाइलाई सोमवारका पत्रिकाले प्रकाशित गरेका छन् । नयाँ पत्रिकाले बुधबार सम्पादकीय लेख्दै यसरी कुनै विषयमा प्रधानमन्त्रीले टिप्पणी गर्दा आरोप प्रत्यारोपको ढंगमा आउनु नहुने र प्रधानमन्त्रीले नैतिक दायित्वबाट भाग्न नमिल्ने कुरा उठाएको छ । 

Global Ime bank

गंगामायाको अनशन स्थगित
 

गोरखा फुजेल घर भएकी गंगामाया अधिकारी आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको माओवादी सशस्त्र विद्रोहका समयमा २०६१ जेठ २४ मा हत्या गरिएकोमा हत्यारालाई कारबाहीको माग गरी आमरण अनशन बस्ने प्रण गरेर वीर अस्पतालमा अनशनरत थिइन् । उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा मृत्यु भइसकेको छ र उनको मृत शरीर सद्गत नगरी अस्पतालमै राखिएको छ । उनको छोराको हत्याका मुख्य अभियुक्त छविलाल पौडेलले आइतवार अदालतमा गएर आत्मसमर्पण गरे पनि गंगामायाले जेठ १५ देखि सुरु गरेको आमरण अनशन असार २९ गते शुक्रवार मात्र तोडेकी हुन् । उनको मागअनुरुप छोरा कृष्णप्रसादलाई गोली हान्ने आरोप लागेका रुद्र आचार्यलाई उत्तरी आयरल्याण्डबाट ल्याएर सरकारले कारबाही गर्नु पर्नेछ । 

उपकुलपति कोइरालामाथि दूर्व्यवहार

सरकारले संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालामाथि दुव्र्यवहार गरेको समाचारले पनि गत साता निकै चर्चा पायो । शनिवार क्यानडाको भ्यानकुभर सहरमा हुन गइरहेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ६ जनाको टोलीसहित एयरपोर्ट पुगेका कोइरालालाई त्यहाँका डीआईजीले प्रधानमन्त्रीले बोलाएको भनेर गाडीमा बालुवाटार लगी त्यही एक घन्टा राखेर घर फर्काइदिए । यो समाचारलाई हिमालय टाइम्सले सात कोलमको समाचार बनायो । नागरिक दैनिकले पनि यो समाचारलाई दुई कोलममा उपल्लो समाचार बनाएको थियो भने अन्नपूर्ण पोस्टले प्रथम पृष्ठमा सानो प्वाइन्टर राखेर भित्र लगेको थियो । हिमालय टाइम्सले मंगलवारका दिन यस विषयमा सम्पादकीय समेत लेखेर सत्ता र शक्तिको दुरुपयोगको निन्दा गरेको छ । त्यस्तै नागरिकले सोमवारकै दिन सम्पादकीय लेखेर सरकारले स्वेच्छाचारी व्यवहार गरेको निष्कर्ष निकालेको छ । अन्नपूर्ण पोस्टले पनि सोमवारकै पत्रिकामा दम्भमा लगाम लगाउन आग्रह गर्दै सम्पादकीय लेख्यो । 

बुधबारको कान्तिपुरमा प्राध्यापक कृष्ण खनालले यस विषयमा एक लेख प्रकाशित गरे । राजा ज्ञानेन्द्रको शासनकालमा आफूहरू देश बाहिर जान नपाएको घटनाबाट सुरु गरिएकोे लेखमा अहिले पुनः तानाशाही फर्कन लागेको त हैन भन्ने प्रश्न गरिएको छ । विश्वविद्यालयको हुर्मत लिने सरकारको चालाको विरुद्धमा खनालले सो लेखमा सटीक र तर्कपूर्ण विवेचना गरेका छन् । 

मेडिकल कलेज व्यापारीलाई छाड्ने सरकारले चुरोट कारखाना चलाउने !  

बुधवार असार २७ गते नयाँ पत्रिकाले सरकारको नीति तथा व्यवहारलाई चोट लाग्ने ढंगको एउटा चोटिलो समाचार प्रकाशित गरेको छ । एकातिर जथाभावी मेडिकल कलेज खोल्न हुन्न भनेर डा. गोविन्द केसी अनशन बस्नु परेको छ भने उता उद्योग मन्त्री मातृका यादव सरकारले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउने उद्घोष गरेर हिँड्दैछन् । यही यथार्थको टिप्पणीमूलक समाचार नयाँ पत्रिकाले प्रकाशित गरेको छ । सरकारले चलाएर चल्न नसकेको औषधि उद्योगदेखि अन्य कतिपय उद्योग बन्द भएको अवस्थामा सरकारले किन चुरोट कारखाना चलाउन खोजेको हो भन्ने विषयमा डा. विमल कोइरालाको भनाइ पनि नयाँ पत्रिकाले सो समाचारमा समाहित गरेको छ । 

सहरमा बाढी

हरेक वर्ष वर्षाको समयमा देशभर अनेक स्थानमा बाढी र पहिरोको प्रकोप हुने गरेको छ । तर गत बुधबार रातभर आएको पानीले भक्तपुरमा बाढी सहर पस्यो । त्यसबाट तीनजनाको ज्यानै गयो र करोडौंको नोक्सानी भयो । यस विषयमा सबै पत्रिकाले ब्यानर समाचार बनाए । सबै पत्रिकाको मुख्य जोड जथाभावीको विकासले गर्दा यस्तो बाढी आएको भन्नेमानै केन्द्रित रह्यो । नयाँ पत्रिकाले लेख्यो, ‘बस्ती खोलामा बस्यो, खोला सहर पस्यो’ । अन्नपूर्ण पोस्टले भन्यो, ‘अव्यवस्थित सहरीकरणले विपद्’ । कान्तिपुरको शीर्षक, ‘नदी अतिक्रमणले डुब्यो भक्तपुर’ रह्यो । नागरिकले ‘बाढीको वितण्डा’ भन्ने शीर्षक दियो भने हिमालय टाइम्सले ‘भक्तपुर जलमग्न’ भन्यो । राजधानीले पनि ‘वर्षाले भक्तपुर जलमग्न’ भन्यो । गोरखापत्रले देशभर बाढीपहिराबाट आठ जनाको मृत्यु भएको समाचार प्रकाशित गर्यो । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०७५  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC