site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


काठमाडौं । नेपाल स्रष्टा समाजले समाजसुधारक योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान प्रदान गर्ने भएको छ । 

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान वि.सं. २०६५ सालदेखि प्रदान गर्दै आइएको हो भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान यसै वर्ष २०७५ मा स्थापना गरिएको हो । यी दुवै सम्मानहरु आगामी साउन सात गते हरिशयनी एकादशीका दिन एक समारोहका बीच प्रदान गरिनेछ । वि.सं. १९९८ आषाढ २२ गते हरिशयनी एकादशीकै दिनमा योगमायाका नेतृत्वमा उनीसहित ६८ जनाले तत्कालीन सांस्कृतिक बेथितिका विरुद्धमा अरुण नदीमा जलसमाधि लिएका थिए ।  

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान समाजका अध्यक्ष पवन आलोकले दुई लाखको राशिबाट स्थापना गर्नुभएकोमा साहित्यकार रमा शर्माले हालै थप एक लाख रुपैंया प्रदान गर्नु भई यसको अक्षयकोष हाल तीन लाख पुगेको छ । यो सम्मानको राशि २५,१११ रुपैंया रहेको छ । यसै गरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान राजेश न्यौपाने र केदारप्रसाद न्यौपानेले यसै वर्ष स्थापना गरेका हुन् ।

Global Ime bank

यसको अक्षयकोषमा दुईलाख र पुरस्कार राशि २०,१११ रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC