site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

आफ्ना बालक छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कानुनबमोजिम कारबाही होस् भनेर अनशन सुरु गरेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले ४५ दिनपछि हाललाई अनशन स्थगित गरेकी छन् । गंगामाया पछिल्लोपटक गत जेठ १५ गतेदेखि अनशनमा थिइन् । लामो समयदेखि उनको वीर अस्पतालमा उपचार भइरहेको छ । सरकारका तर्फबाट दुई बुँदे पत्र हस्तान्तरण गरिएपछि उनले फलफूलको रस खाएर अनशन स्थगित गरेकी हुन् । पत्रमा २०७२ सालमा गंगामायालाई दिइएको आश्वासन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ । सरकारले उनका छोराका हत्याराहरूलाई कानुनबमोजिम कारबाही गर्ने र गंगामायाको उपचार र भरणपोषणको व्यवस्था मिलाउने वाचा पनि गरेको छ । केही दिन पहिले फरार अभियुक्त छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि गंगामायालाई अनशन स्थगित गर्न उनका शुभेच्छुकहरूले पनि आग्रह गर्दै आएका थिए । 

गंगामायाले यसपटक अनशन ससर्त स्थगित गरेकी हुन् । उनले १० दिनसम्म सरकारको प्रतिबद्धताको परख गर्ने र फेरि पनि झुक्याउन खोजिएमा सत्याग्रहमै प्राण त्याग्ने प्रण सार्वजनिकरूपमै गरेकी छन् । अहिलेसम्मको संघर्ष र दृढता हेर्दा गंगामायाको प्रणमा सन्देह गर्ने ठाउँ देखिँदैन । उनका पति नन्दप्रसाद अधिकारीले पनि अनशनकै क्रममा २०७१ सालमा प्राण त्यागेका थिए । अहिलेसम्म नन्दप्रसादको सद्गत हुनसकेको छैन । कृष्णका हत्यारालाई कारबाहीको माग गर्दागर्दै गंगामायाका जेठाछोरा नुरप्रसाद अहिले सम्पर्कविहीन भएका छन् । उनको परिवारै समाप्त भएका अवस्थामा घरबार, जग्गाजमिनको सम्झना गर्नुको अर्थ पो के रह्यो र ? यसैले न्यायका लागि आवश्यक भए प्राणै दिने गंगामायाको प्रणमा सन्देह गर्नु अन्याय र मूर्खता हुनेछ । सरकारले पनि गंगामायालाई झुक्याउने धृष्टता नगरोस् ।

कृष्णप्रसाद अधिकारी हत्याको मुद्दालाई राजनीतिक आवरणमा ढाकछोप गर्न खोज्दा यो समस्या जटिल भएको हो । कृष्णका हत्याराहरू माओवादी कार्यकर्ता होलान् तर अहिलेसम्म सार्वजनिक भइसकेका तथ्य र साक्ष्यहरू हेर्दा कृष्णको हत्या राजनीतिक नभएर व्यक्तिगत इबीका कारण गरिएको स्पष्ट हुन्छ । यसैले सबैभन्दा पहिले सरकारले यस घटनाका सम्बन्धमा दृष्टिकोण स्पष्ट बनाउनु आवश्यक छ । कृष्णको हत्या सशस्त्र द्वन्द्वकालको त हो तर द्वन्द्वसँग सम्बन्धित हैन । विस्तृत शान्ति सम्झौताको अक्षर र भावना माओवादी द्वन्द्वसँग सम्बन्धित घटनाका हकमा मात्र आकर्षित हुन्छ । व्यक्ति विशेषको रिसइबी साँध्न गरिएको हत्यालाई द्वन्द्वकालको घटना भनेर उन्मुक्ति दिलाउन खोज्नु पनि अपराधै हो । अब, बाँकी फरार अभियुक्तलाई अदालतमा उपस्थित गराउने, विदेशमा रहेको अभियुक्तलाई नेपाल झिकाउन आवश्यक काजगी प्रक्रियामा पहिले परराष्ट्र मन्त्रालयले अलमल्याएजस्तो जालझेल नगर्ने र नन्दप्रसादको सद्गतलगायतका बाँकी आश्वासन पनि पूरा गर्ने कार्य गर्न सरकारले तत्काल अग्रसरता देखाओस् । गंगामायालाई न्याय दिलाउन र उनको जीवन रक्षाका लागि प्रयास गर्ने मानव अधिकारकर्मी, राष्ट्रिय मानव अधिकार आयोग तथा सरकारका कानुन मन्त्रीलाई साधुवाद ! गंगामायालाई फेरि धोका नहोस् !  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC