साहित्य
काठमाडौं । गायिका टिका प्रसाईं तिज गीत लिएर बजारमा आएकी छन् । ‘म त नाच्ने हो...’ बोलको गीत लिएर उनी आफ्ना स्रोता तथा दर्शकमाझ आएकी हुन् ।
गीत लेखनमा टिकालाई अमृता नेपालले साथ दिएकी छन् भने संगीत टिका स्वयम्ले भरेकी छन् ।
भिडियोमा टिकासँगै दीपा सापकोटा, रेशु लमसाल, दीपा भट्टराई, अनिता नेपाललगायतका कलाकार फिचर्ड छन् । भिडियो निर्देशन डीपीकेले गरेका छन् ।
गायिका प्रसाईंले ‘मायाँ लुकी लुकी...’ बोलको गीत अघिल्लो महिना सार्वजनिक गरेकी थिइन् । उक्त गीत सर्वाधिक छिटो करोड क्लबमा प्रवेश गरेको थियो ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५ १३:०६
प्रतिक्रिया दिनुहोस्