site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बाबियाचौर । डेढ वर्षअघिको आगालागिबाट ध्वस्त भएको बेनी नगरपालिका– ४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । 

दश कोठे भवन पुनःनिर्माणका लागि म्याग्दी समाज अमेरिकाले संकलन गरेको रु दुई लाख २१ हजार १७० शुक्रबार प्रदेशसभा सदस्य विनोद केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले व्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियाँ, आर्थिक संयोजक सुमन बानियाँ र प्रअ रामप्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन् । 
 
पूर्व विद्यार्थी मनोज र दिपा बानियाँको पहलमा अमेरिकामा भवन पुनःनिर्माणका लागि सहयोग संकलन भएको थियो । सोही अवसरमा स्थानीयवासी चन्द्रबहादुर चन्दले रु एक लाख पाँच हजार र जलजला समाज अस्टे«लियाले उपलब्ध गराएको रु ४५ हजार रु पनि विद्यालयलाई हस्तान्तण गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

रु एक करोडको लागत अनुमान गरिएको भवन पुनःनिर्माण कार्य गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । भवन पुनःनिर्माणका लागि हाल दक्षिण कोरियामा रहेका पूर्व विद्यार्थी विनोद कुँवरको पहलमा दक्षिण कोरियाको ‘ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशन’ले सहयोग गरेको छ । 

विसं २०७३ फागुन २६ गते साँझ विद्युत् सर्ट भएर आगालगी हुदाँ विद्यालयको आठ कोठे भवन ध्वस्त हुनुका साथै ९२ लाख रुपैया बराबरको क्षत्ति भएको थियो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयका विद्यार्थी जीर्ण भवन र टहरामा बसेर पढ्दै आएका छन् । 

Global Ime bank

बेनीमा नौ किमी नयाँ सडक 

बेनी नगरपालिका क्षेत्रमा चालु आर्थिक वर्ष २०७४/७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ । नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो । 

१८ वटा योजना मार्फत ४.५ किलोमिटर पदमार्ग निर्माण, ०.८२ किमी सडक कालोपत्रे र ढलान, ४१ वटा योजनाबाट २७ किलोमिटर सडक मर्मत सम्भार भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले जानकारी दिए ।  

२२ वटा खानेपानी आयोजना निर्माण गरेको नगरपालिकाले १६ हजार मिटर खानेपानी पाईपलाईन विस्तार र आनन्दबगर, अर्थुंगे, कुरीलाखर्क र डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण भएको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC