site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वप्रम सरिफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव
Ghorahi CementGhorahi Cement

पेसावर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो । उनलाई शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए ।  

सरिफलाई हालैमात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उहाँलाई १० वर्ष कारावासको फैसला गरेको हो । 

Agni Group

सो फैसलाको समयमा लन्डनमा रहनुभएका सरिफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ । उहाँलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा भने नयाँ उतार चढाव आएको छ । 

पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको प्रचार प्रसार अभियान शुरु भइसकेको छ । निर्वाचनको पूर्व सन्ध्यामा उहाँलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ । 

Global Ime bank

उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताएका छन । लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेको एक भिडियोमा भनेका थिए, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।” 

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् ।  

प्रायः उतारचढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतुहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC