विदेश
संयुक्त अधिराज्य । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताएका हुन् ।
“मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन ।यसलाई भ्रामक खबर भनिन्छ,” ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा बोल्दै भने ।
यसैबीच ट्रम्पले अन्तर्वार्तामा बे्रक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टरिजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५ ०७:२९
प्रतिक्रिया दिनुहोस्