site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । सिंहदरबार उत्तर ढोका अघिको विद्युत् खम्बामा लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । 

अपराह्न करीब ३ बजेतिर ट्रान्समिटर भएको खम्बाको तारमा आगलागी भएपछि नेपाली सेनाको दमकलले नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब निरीक्षक धनबहादुर तामाङले जानकारी दिए ।  

Agni Group

विद्युत्को लाइनबाट भएको आगलागीसँगै जञ्जालका रुपमा जेलिएको केवल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायकलगायत तारका कारण आगलागी फैलिएको थियो । 

तार जलेर नष्ट भए पनि मानवीय एवम् अन्य धेरै भौतिक क्षति भने हुन पाएन । समयमै नेपाली सेनाको दमकल आइपुगेकाले ट्रान्समिटर पनि जल्न नपाएको प्रहरी नायब निरीक्षक तामाङले बताए ।  

Global Ime bank

राजधानीको प्रमुख र व्यस्त प्रशासनिकस्थल अघिको आगलागीले पैदल यात्रु, सवारीसमेत केही समय रोकिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC