site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चार चलचित्रको भिडन्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । फ्राइडे रिलिज भन्दै शुक्रबार चारवटा नेपाली चलचित्र एकै दिन रिलिज भए । मिलन चाम्स निर्देशित 'बबी', शोभित बस्नेत निर्देशित 'बाबु कान्छा', कल्याण अधिकारी निर्देशित 'यो पागल मन' र राजबहादुर साने निर्देशित 'वीरंगना' एकै दिन अल नेपाल प्रदर्शनमा आएका हुन् । 

यसअघिका शुक्रबार भने हलहरुले नेपाली चलचित्र पाएनन् । एकातिर वल्र्डकप भन्दै निर्माता डराए भने अर्कोतिर बलिउड स्टार रणवीर कपुरको चलचित्र प्रदर्शन हुनेभएपछि नेपाली निर्माताले चलचित्र रिलिज गर्ने आँटै गरेनन् । 

Agni Group

साँझदेखि नै वल्र्डकप सुरु भएकाले बेलुकाको शो हेर्न दर्शक नजाने र अबेर रातीसम्म फुटबल हेरेर बसेका दर्शक विहानको समयमा चलचित्र हेर्न नजानेभन्दै निर्माताले चलचित्र रिलिज गर्न मानेन् । रिलिज भएका चलचित्र पनि प्रचारप्रसार नगरिएका थिए, जसले ब्यापारको अपेक्षा नै गरेका थिएनन् । 

फुटबलले चलचित्रको ब्यापारमा असर गर्छ भनेर नेपाली चलचित्र थन्किरहेका बेला रिलिज भएको बलिउड चलचित्र ‘सञ्जू्’ ले दर्शक बटुल्यो । रिलिज भएको दुईहप्तापछि पनि हाउसफुल ब्यापार गरिरहेको छ । अझै पनि बक्सअफिस अगाडि लामै लाइन देखिन्छ । 

Global Ime bank

“चलचित्र राम्रो भए मजाले चल्छ, राम्रो चलचित्रलाई न अर्को कुनै चलचित्रले धक्का दिन्छ न त समयले नै,” चलचित्र निर्देशक नरेशकुमार केसी भन्छन्, “आफ्नै माटोको गन्ध आउने चलचित्र निर्माण गर्न सकियो भने त्यस्ता चलचित्र नेपालमा मात्रै होइन विदेशमा पनि मजाले चल्छन् ।”


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC