site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप फुटबलमा भीएआर प्रविधिले बढायो विवाद !
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलमा नयाँ प्रविधिको प्रयोग गरियो, भिडियो असिष्टेन्ट रेफ्रि (भीएआर) । रसिया विश्वकपमा फिफाले नयाँ प्रविधिको प्रयोग गर्दै खेललाई अझ स्वच्छ बनाउने प्रयास गरेको छ ।

सन् २०१७ मा भएको फिफा कन्फिडेरेसन कपमा भीएआर प्रविधि परीक्षण गरिएको थियो । विश्वकपकै लागि लक्षित गर्दै फिफाले कन्फिडेरेसन कपमा भिएआरको परिक्षण गरेको थियो । 

फिफाले ४ वर्ष अगाडि ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल लाइन प्रविधिको प्रयोग गरेको थियो । भीएआर मैदानमा खेलाडीले गरेका अन्जानमा भएको गल्ती केलाउने मुख्य माध्यम हो । यसमा खेलाडीले गरेका गल्तीलाई दोहोर्याएर हेर्न सकिन्छ । खेलको दौरानमा खेलाडीले फल गरेको हो कि होइन भिडियो हेरेर त्यहिअनुसारको निर्णय रेफ्रिले लिने गर्दछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भीएआर प्रविधि प्रयोगले खेल स्वच्छ हुन सघाएको छ । तर, पनि यसको खेलैपिच्छे  विवाद हुने गरेका छन् । पछिल्लो समय भिएआर प्रविधिको कारण पेनाल्टी र पहेंलो कार्ड बढी प्रयोग भएको छ ।

प्रि—क्वाटरफाइनलमा ब्राजिलका स्टार खेलाडी नेयमार मैदानमा लडेको अवस्थामा मेक्सिकोका खेलाडी म्यानुअल लायुनले बल खोस्ने बेला टेकेका थिए । नेयमारले आफुलाई टेकेको र सहनै नसक्ने गरि चोट लागेको भन्दै मेक्सिकोका खेलाडीमाथि कार्डको अपिल गरेका थिए । तर, भीएआर र म्याच रेफ्रिले त्यस्तो फल नभएको निष्कर्ष निकालेका थिए । यो विषयलाई लिएर सामाजिक सञ्जालमा नेयमारले अभिनय गरेको आरोप उनीमाथि लागेको थियो ।

Global Ime bank

त्यस्तै, ब्राजिलकै अर्को कोस्टारिकासँगको खेलमा नेयमार कोस्टारिकाको डि बक्स भित्र लडेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएका थिए । तर, रेफ्रीले भीएआर रिभ्युपछि उक्त पेनाल्टी रद्द गरेका थिए ।

भीएआर बारे यस्तो भन्छन् रेफ्री र खेलाडी
 

भीएआर बारे विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । यस्तै प्रतिक्रियाहरु खेलाडी र रेफ्रीहरुले पनि रहेका छन् । यसैबीच युरो कपका आधिकारिक रेफ्री मार्क क्लेटेनबर्गले भनेका छन् “भीएआरलाई लिएर इंग्ल्यान्डको एफए क्लबले गरेको प्रतियोगिताको अन्त्यमा धेरै नकारात्मक कुरा भयो ।”

उनले अगाडि भने “तरपनि फिफाले यसको प्रयोग राम्रोसँग गर्नेछ उसले २ वर्ष अगाडि नै यसको सफल परीक्षण गरिसकेको छ ।” त्यस्तै, स्पेनका कप्तान सर्जियो रामोसले भीएआरबारे भनेका छन् “भीएआरले हामीलाई बचाउँदैन, यसले मात्र सत्य कुरा देखाउँछ ।”
यस्तै, जर्मनीका फुटबलर सामी खादिराले भनेका छन् “फुटबलले पनि भावनाहरु बोकेको हुन्छ तर, अहिले खेलाडीलाई गोल सेलिबे्रशन गर्ने वा नगर्ने भन्ने नै थाहा हुँदैन् त्यो भनेको फुटबलको मृत्यु हो ।”
इटालीका फुटबल रेफ्री निकोला रिजोली भन्छन्, “प्रविधिले गल्ती रोक्दैन्, त्यो असम्भव छ । यसले गल्ती हुनबाट रोक्ने मात्र हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC