site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिकामा गोविन्द केसी बचाउ अभियानको थालनी, संयुक्त राष्ट्रसंघसमक्ष एकलाख हस्ताक्षरसहित अपिल गरिने 
Sarbottam CementSarbottam Cement

बोस्टन (अमेरिका) । नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै १५ औं आमरण अनशनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाबाट अभियान थालिएको छ । 

केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गर्दै ‘चेन्ज डट ओआरजी’मार्फत् हस्ताक्षर संकलन अभियान थालिएको हो । 

बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिवप्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए । शिवप्रकाशले बुधबार चेन्ज डट ओआरजीमा अपिल तयार गरि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसँग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आह्वान गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले ‘चेन्ज डट ओआरजी’मार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागि एक लाख हस्ताक्षर पुर्याउनु आवश्यक रहेको उनले औंल्याए । उनले डा.केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफुले यो अभियान थालेको बताए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बिना संशोधन विधेयकका रुपमा ल्याउन माग गर्दै डा.केसी १५ औं पटक फेरि अनसन बसेका छन् । नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १४ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ । 

Global Ime bank

केसीले चिकित्सा शिक्षा अध्यादेशकै हुबहु विधेयक ल्याउनुपर्ने मुख्य माग राखेका छन् । सरकारले भने त्यसको मुख्य बुंदा नै हटाएर संशोधित विधेयक ल्याउन खोजेपछि केसी अनसन बसेका हुन् । 
“जनताका डाक्टर तथा मानवताका पुजारी डा.गोविन्द केसीको प्राण रक्षाका लागि संयुक्त राष्ट संघ तथा राष्टसंघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको छ,” केसी बचाउ अभियानकर्ता शिवप्रकाशले भने, “एक लाख हस्ताक्षर पुर्याउन सके आयोगको ध्यान आकर्षित हुने थियो ।”

यसका लागि निम्न लिंकमा गई हस्ताक्षर गर्न उनले आव्हान गरेका छन् । 

सिंगो मुलुकबासीको हितका लागि पटकपटक राज्यसँग लड्दै आएका डा.केसीको जीवन रक्षाका लागि उनका जायज माग पुरा गर्न सरकार तयार नभएपछि स्थिति जटिल बन्दै गएको छ । सरकारले उचित माग सम्बोधन नगर्ने र कुनै व्यक्तिको अनशनकै भरमा आफ्नो निर्णयमा पछि नहट्ने अभिव्यक्ति दिएपछि जुम्लाको चिसोमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेको विवरण आउन थालेका छन् । 

‘चेन्ज डट ओआरजी’को मुख्य काम यसमार्फत् बढीभन्दा बढी हस्ताक्षर संकलन गरि सम्बन्धित निकायसम्म अपिल पुर्याउने भएको उनले बताए । यस्तो अभियानले यस विषयमा अन्तर्राष्ट्रिय दबाब सृजना गर्न बाध्य बनाउने गर्छ । यो साइटलाई मानवअधिकारसम्बन्धी विश्वव्यापी संस्था एम्नेस्टि इन्टरनेशनल र ह्यूमन राइट्स सोसाइटीले मुद्दाका रुपमा प्रवद्र्धन गर्ने गर्दछन् । यस साइटमार्फत् विगतमा अपिल गरिएका चर्चित विषयहरु आर्थिक र न्यायिक, मानवअधिकार, शिक्षा, वातावरण संरक्षण, पशुअधिकार, स्वास्थ र दिगो खाद्य लगायत छन् ।

डा.गोविन्द केसीको प्राण रक्षा गर्न हस्ताक्षरका लागि लिंक । 
https://www.change.org/p/humanrights-save-philanthropist-dr-govinda-kc-s-life?recruiter=288502593&utm_source=share_petition&utm_medium=copylink&utm_campaign=share_petition&utm_term=share_for_starters_page

यस्ता छन् डा केसीले अघि सारेका ७ बुँदे मागहरु

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी  बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् । 

२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातकोतर तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् । 

३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् । 

४)चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् । 

५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् । 

६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्िवधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवःथा गरियोस्। आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् । 

७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारबाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस्।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC