site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सुरुङ्गा, झापा (रासस) । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् ।  

कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

धनपती र टीकामाया पौडेलका छोरा प्रकाशसँग धनमायाको विवाह भएसँगै पौडेल परिवारले धनमायालाई बुहारीका रुपमा भित्र्याएका थिए । तर, विवाहको छोटो समयमै प्रकाशको निधन भएको थियो । प्रकाशको निधनपछि परिवारकै सहमतिमा धनमायाको विवाह बिहीबार सोही ठाउँ निवासी लेखनाथ मिश्रसँग गरिदिएका छन् ।

धनमायाको विवाह सामाजिक परम्पराअनुसार नै कनकाई नगरपालिकाको कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा गरिएको छ ।  वैवाहिक समारोहमा सहभागी भएका कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलको बेहुलाबेहुलीलाई वैवाहिक जीवनको शुभकामना दिदैं पौडेल परिवारले समाजमा प्रशंसनीय काम गरेकोमा धन्यवाद व्यक्त गरे ।

Global Ime bank

उनले भने, “नेपाली समाजले परम्परागत र रुढीवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा यो विवाहलाई लिन सकिन्छ ।”

पतिको मृत्युपछि पनि महिलाले दोस्रो विवाह गरेर आफ्नो जीवनयापनलाई सहज बनाउन पाउनुपर्ने मान्यतालाई स्वीकारेर पौडेल परिवारले समाजमा राम्रो कामको शुरुवात गरेको छ नगरप्रमुख पोखरेलले भने, “यस्ता कार्यलाई समाजले प्रोत्साहन गर्न सकेमात्रै समाज समृद्धिको बाटोमा जान्छ ।”

बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा अन्माउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको धनमायाका ससुरा पौडेलले बताए । “घरमा नहुनुपर्ने घटना घट्यो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन्,” पौडेलले भने, “उनलाई यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विवाह गरिदिएको हुँ ।”

बेहुला मिश्रकी श्रीमती मुनाको करीब अढाई महिनाअघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको थियो । उनको एक छोरा छन् । यता बेहुली धनमायाको पनि एक छोरी छिन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC