खेल
एजेन्सी । सेरेना विलियम्स विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । सेरेनाले बिहीबार भएको सेमिफाइनलमा जर्मनीका जुलिया गोर्गेसलाई पराजित फाइनलमा पुगेकी हुन् । सेन्टर कोर्टमा २५ औं बरियताकी अमेरिकी खेलाडी सेरेनाले गोर्गेसलाई ६–२ र ६–४ को सेटमा पराजित गर्न सफल भइन् । ३६ बर्षीय सेरेनाले अब जर्मनीका एन्जेलिक केर्बेरसँग फाइनलमा शनिबार प्रतिस्पर्धा गर्ने छिन् ।
केर्बरले सेमिफाइनलमा डेनमार्ककी जेलेना ओस्टापेनकोलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् । केर्बरले इंग्ल्यान्डकी ओस्टापेनकोमाथि ६–३ र ६–३ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५ ०७:२९
प्रतिक्रिया दिनुहोस्