site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका डा. भोजराज अधिकारीलाई आफ्नो कार्यकक्षमा आई अपहरण शैलीमा गृह मन्त्रालयमा लगि दुव्र्यवहार गरिएको घटनाप्रति आपत्ति जनाएको छ। 

बिहीबार संघले विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य डा. अधिकारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहेकै अवस्थामा चिकित्सा आचारसंहिता र तोकिएको नियम, नियमावली विपरित गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै गृह मन्त्रीको आदेश बमोजिम अपहरण शैलीमा गृह मन्त्रालयमा लगि दुव्र्यवहार गरेकोमा आपत्ती जनाउँदै भ्रत्र्सना गरेको हो । “स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सेवारत रहेको अवस्थामा चिकित्सकमाथि शक्तिको दुरुपयोग भएको अमानवीय व्यवहारप्रति यस संघ आपत्ति प्रकट गर्दछ,” विज्ञप्तीमा भनिएको छ ।

Agni Group

गृह मन्त्रीले बोलाएको भनी चिकित्सकमाथि दुव्यवहार गर्ने सम्बन्धित व्यक्तिमाथि कारवाहीको माग गरिएकोसंघका महासचिव लोचन कार्कीले बताए ।  त्यसैगरी, डा.अधिकारी ओपिडीमा बिरामी जाँचिरहेका समयमा मंगलबार दिउँसो गृह मन्त्रालयकै गाडीमा मन्त्रालय लगेर धम्की दिइएको हो । 

डा. अधिकारीलाई गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइएको थियो तर डा. अधिकारीले गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC