site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुफामा फसेका फुटबल खेलाडीको ‘रेस्क्यु अपरेशन’ मा हलिउड फिल्म बन्ने 
Ghorahi CementGhorahi Cement

लस एञ्जलस् । थाईल्याण्डको गुफामा फसेका १२ जना फुटबल खेलाडी र सहायक कोचलाई बचाउनका लागि सञ्चालन गरिएको अभियानलाई अब पर्दामा देखाइने भएको छ । फिल्म निर्माण कम्पनी ‘प्युर फ्लिक्स इन्टरटेनमेन्ट’ ले उक्त अभियानमा आधारित रहेर फिचर फिल्म निर्माण गर्ने तयारी गरेको छ । 

निर्माण कम्पनीले ‘काओस इन्टरटेनमेन्ट’ सँगको सहकार्यमा फिल्म निर्माण गरिने जनाएको छ । फिल्म निर्माणका लागि छ करोड रुपैयाँ लगानी गरिने पनि बताइएको छ । 

Agni Group

‘हलिउड रिपोर्टर’ मा प्रकाशित समाचार अनुसार ‘प्युर फ्लिक्स’ का प्रवन्ध निर्देशक समेत रहेका सह–संस्थापक माइकल स्कटले घटनास्थलमा कयौं दिन बिताएका थिए । ‘‘मैले बहादुरी र वीरता देखे, जुन अविश्वसनीय रूपले प्रेरणादायक छ । हामी यस विषयमा फिल्म बनाउन गइरहेका छौं ।’’ उनले भनेका छन् । 

फुटबल खेलेर फिर्ता भइरहेको उक्त टोली भारीमात्रामा वर्षा भए पछि गुफामा ओत लाग्न गएको थियो । वर्षात पछि पानी भरिएका कारण उनी गुफा भित्रै फसेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC