site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोड्रिकको गुनासो– टेलिभिजन पत्रकारले हामीलाई कमजोर आँके
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । इंग्ल्यान्डका मिडियाले आफूहरुलाई कमजोर आँकलन गरेको क्रोएसियाका कप्तान लुका मोड्रिकले बताएका छन् । बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा क्रोएसियाले इंग्ल्यान्डलाई २—१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
रसिया विश्वकपको सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै पहिलो पटक फाइनल पुगेको क्रोएसियाले नयाँ इतिहास रचेको हो । मानिसहरुले यसअघिका दुई खेलमा पेनाल्टी सुटआउटमा पुगेका कारण ‘थकित’ टिम भने पनि आफूहरुका लागि त्यसले उत्प्रेरणा मिलेको क्रोएसियाका कप्तान मोड्रिकले बताएका छन् ।
कप्तान मोड्रिकले भनmे ‘हामीले एक पटक फेरि देखाइदियौं । हामीले थकान महसुस गरेका थिएनौं । हामीले सुरुदेखि नै शारीरिक, मानसिकलगायत सबै पक्षबाट प्रभुत्व कायम गर्यौं ।’
इग्ल्यान्डका कैरन ट्रिपिएरले खेलको ५ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए तर, क्रोएसियाका इभान पेरिसिकले ६८ औं मिनेटमा गोल गर्दै बराबरी गरे ।
त्यस्तै, निर्धारित समयभित्र १—१ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो भने १०९ औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले निर्णायक गोल गर्दैै क्रोएसियालाई जित दिलाएका थिए ।
‘इंग्ल्यान्डका पत्रकार, टेलिभिजनका पण्डितहरुले क्रोएसियालाई कमजोर आँके, त्यो ठूलो गल्ती हो,’ मोड्रिकले आइटीभिसँग भनेका छन्, ‘तिनीहरुले विपक्षी खेलाडीप्रति नम्र र सम्मानका साथ बोल्नुपर्छ ।’
‘हामीले तिनीहरुले प्रयोग गरेका सबै शब्द मनन गर्यौं, हामीले पढ्यौं र भन्यौं ठिक छ हामी पनि हेर्छौं, को थाकेको रहेछ,’ मोड्रिकले भनेका छन् ।’
यसअघि क्रोएसिया सन् १९९८ मा पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको थियो । तर,  क्रोएसियाले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकप फाइनल खेल आइतबार फ्रान्ससँग खेल्दैछ । ‘विश्वकप फाइनल क्रोएसियाका लागि ठूलो सफलता हो र हामीले गर्व गर्नुपर्छ,’ मोड्रिकले भनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC