site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ । अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश सैनिक पठाउने जानकारी बेलायतका प्रधानमन्त्रीले थेरेसा मेले दिएका हुन् ।  

पछिल्लो समयमा अफगानिस्तानको शान्ति सुरक्षामा झन चुनौती थपिएका भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा बेलायतलाई थप सेना पठाउन आग्रह गरेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नो नेटो गठबन्धन बेलायतलाई गरिएको सो आग्रहपछि ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशको बैठकका क्रममा बेलायती प्रधानमन्त्री मेले सो प्रतिवद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिएका छन् । 

उक्त निर्णयको अमेरिकी विदेश मन्त्रालयले स्वागत गरेको समाचारमा जनाइएको छ । विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्पको आग्रहमा बेलायतले सेना पठाउने भनी गरेको निर्णयको स्वागत गरेको बताइएको छ । 

Global Ime bank

ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि उनले दिएको समाचारमा जनाइएको छ । यो सहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या एक हजार १०० पुग्ने बताइएको छ । हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC