site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबारको सेयर बजारमा रातो रंग पोतिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५–७६ को मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट नै सेयर बजार परिसूचक दोहोरो अंकले घटेको हो ।

साताको अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द हुने क्रममा १३.६६ अंकले घटेर ११९१ दशमलव ९८ अंकमा पुगेको हो । कारोबार सुरु भएको पौन घण्टा निरन्तर बढेर सुधार संकेत देखाएपनि त्यसयता भने क्रमशः ओरालो लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेले १२ बजेपछि कुनै समय पनि सुधारिने कोशिस गरेन । यसक्रममा “क” वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.९३ अंकले घटेर २५१.०५ अंकमा सीमित भयो ।

यसदिन ४५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसक्रममा बजारमा १६३ कम्पनीका १६ लाख २० हजार कित्ता सेयर किनबेच भए ।

Global Ime bank

बिहीबार कारोबारमा आएका उत्पादनमुलक बाहेक सबै समूह राताम्ये हुँदा परिसूचक ओरालो लाग्यो । ती मध्ये सबैभन्दा बढी बीमा समूह सर्वाधिक १०७.५८ अंक (१.७६ प्रतिशत)ले ओरालो लाग्यो । त्यसैगरी होटल र लघुवित्त समूह क्रमशः ३७.६५ (२.०८ प्रतिशत) र ३६.०६ (२.२२ प्रतिशत)ले ओरालो लाग्यो ।

उत्पादनमूलक समूह भने २.८ को झिनो अंकले ओरालो लाग्यो ।

यसअघि मौद्रिक नीतिमा लगानीकर्ता सम्बोधन हुने अपेक्षा गरिएपनि आफू अनुकल नीति नआउँदा लगानीकर्ता हतोत्साहित बनेको जानकारहरुले बताएका छन् । मौद्रिक नीतिमा तरलताबाहेक कुनै व्यवस्थाले लगानीकर्तालाई छन नसक्दा बजारमासकारात्मक प्रभाग छोड्न नसकेको हो ।

बिहीबार सर्वाधिक कारोबार हुनेमा लक्ष्मी बैंक ६ करोड ५१ लाख रुपैयाँसहित शीर्षस्थानमा रहँदा कञ्चन विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाए । बैंकका लगानीकर्ताको सेयर सम्पत्तिमा ८.५१ प्रतिशतको वृद्धि हुँदा नागबेली लघुवित्तका लगानीकर्ताले ६.७ प्रतिशत गुमाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC