site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको बिहिबार बसेको बैठकले कार्यविधि पारित गरेको छ । सिंहदरबारमा बसेको बैठकले उपसमितिले तयार पारेको कार्यविधिलाई सुझावसहित पारित गरेको हो । 

कार्यविधिमा सुनुवाईका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाई बहुमतले खारेज गर्ने व्यवस्था पनि गरिएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । त्यसैगरी सुनुवाई गर्ने क्रममा सिफारिसमा परेकाहरुले जनाएको प्रतिवद्धता अनुसार काम भए नभएको सम्बन्धित निकायसँग सोधपुछ गर्ने व्यवस्था पनि कार्यबिधिमा तय गरिएको छ ।

Agni Group

कार्यविधिमा सिफारिसमा परेका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पनि सहभागी गराउने पनि उल्लेख गरिएको छ । समितिका सदस्य भट्टराईले सुनुवाई प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने व्यवस्था गरिएको बताए । मंगलबार बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न भट्टराई, शिवकुमार मण्डल केवट र पुष्पा भुसाल रहको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

समितिले आजैबाट प्रधानन्यायाधिशमा सिफारिस दिपकराज जोशीको सुनुवाई प्रक्रिया पनि सुरु गरेको छ । आजै सूचना जारी गरेर प्रधानन्यायाधिशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु गरिएको पनि समितिका सदस्य भट्टराईले जानकारी दिए । 

Global Ime bank

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC