site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्षेत्रीय बक्सिङमा कास्की र टेबलटेनिसमा रुपन्देही टिम च्याम्पियन
Ghorahi CementGhorahi Cement

काठमाडौं । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको बक्सिङ र टेबलटेनिस प्रतियोगितामा कास्की र रुपन्देही टिम च्याम्पियन बनेका छन् ।  
पश्चिमाञ्चल क्षेत्रीय स्तरिय बक्सिङमा कास्की जिल्लाले कुल ६ स्वर्ण र १ रजतसहित टिम च्याम्पियन बनेको हो भने टेबलटेनिसमा ४ स्वर्ण र २ रजतसहित रुपन्देही टिम च्याम्पियन बनेको हो । 

बक्सिङ प्रतियोगितामा  नवलपरासी १ स्वर्ण प्राप्त गरि दोस्रो भयो भने टेबुल टेनिसमा कास्की १ रजत र ६ काश्यसहित दोस्रो भयो । 

Agni Group

बक्सिङमा महिलातर्फ कास्कीकी शिसम थापामगर उत्कृष्ट खेलाडी घोषित भइन् । ६० केजी तौल समूहकी थापाले रुपन्देहीकी संगीता दंगाललाई पराजित गरेकी थिइन् । यसैगरी पुरुष बक्सिङमा कास्कीका केशर बहादुर नेपाली उत्कृष्ट खेलाडी घोषित भए । 

महिला टेबुल टेनिसमा नवलपरासीकी प्रमिशा न्यौपाने र पुरुषतर्फ स्याङजाका नबिन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । 

Global Ime bank

बिहिबार सम्पन्न फाइनलमा बक्सिङको ४९ केजी तौलमा नवलपरासीका सुरज गुरुङले कास्कीका विष्णु गौतमलाई पराजित गरे भने ५२ केजी तौलतर्फ कास्कीका केशर बहादुर नेपालीले नवलपरासीका अमिर गुरुङलाई पराजित गरे । 

यसैगरी ५६ केजी तौलतर्फ कास्कीका जेनिश गुरुङले बाग्लुङका राजनश्री मगरलाई र ६० केजीमा कास्कीका दिनेश बानियाँले नवलपरासीका छबिराज बोहोरालाई फाइनल प्रतिष्पर्धामा हराए । ६४ केजी तौलमा कास्कीका अमृत गुरुङले कास्कीकै बिकल तिवारीलाई र ६९ केजी तौलमा कास्कीका युबराज श्रेष्ठलाई कास्कीकै सबिन गुरुङलाई पराजित गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC