site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । सांसदहरुले सार्वजनिक सरोकारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकार र आआफ्ना क्षेत्रमा देखिएका समस्याबारे सरकारको  ध्यानाकर्षण गराएका हुन् ।

सांसद अतहर कमाल मुसलमानले मौलिक अधिकारभित्र रहेको शिक्षा अन्तर्गत मुस्लिम समुदायको मदरशा शिक्षालाई मान्यता दिन सरकारको ध्यानाकर्षण गराए । 

सांसद अमरेश कुमार सिंहले मंगलबार ट्रमा सेन्टरका डाक्टर भोजराज अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपहरणको शैलीमा उठाईएको भन्दै आपत्ति जनाए । उनले भने, “सायद गृहमन्त्रीले बिर्सनुभयो । यो सरकार हो, यो जनयुद्ध काल होइन, विभिन्न व्यक्तिलाई अपहरणको शैलीमा अपहरण गर्ने, आतंकित पार्ने ?” सरकारका एकपछि अर्को व्यवहारले जनतालाई आतंकित पार्ने काम गरेको भन्दै उनले तानाशाही शैली बन्द गर्न गम्भीर ध्यानाकर्षण गराए । 

Agni Group

सांसद कल्याणी कुमारी खड्काले गत वर्षको बाढी प्रभावित रौतहट जिल्लाका स्थानीय यस वर्ष पनि वर्षापछिको बाढीबाट प्रभावित र त्रसित भएको भन्दै नदी कटान नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारको  ध्यानाकर्षण गराइन् । 

सांसद कृष्णभक्त पोखरेलले काठमाडौसँगको सम्पर्कको मुख्य राजमार्ग अन्तर्गत मुग्लिन नारायणगढ खण्ड ४ वर्ष लगाएर निर्माण भईरहेको र काम सम्पन्न नहुँदै ठाउँ ठाउँमा पहिरो जाने क्रम जारी रहेकाले भौगर्भिक अध्ययन बिना नै अरबौ रुपैयाँ लगानी गरि बाटो निर्माण गर्ने अवैज्ञानिक परिपाटी अन्त्य गर्न माग गरे । 

Global Ime bank

सांसद गणेश कुमार पहाडीले अबिरल बर्षा पछि सिन्धुलीको दुधौली नगरपालिकामा बाढीमा परि मृत्यु भएका परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरे । 

सांसद गणेश सिंह ठगुन्नाले दार्चुला जिल्ल्लामा बाढीले स्थानीयवासीको घर बगाउनुको साथै बाढी ग्रस्त जिल्ला घोषणा गरि राहत र पुनस्थापनाको काम सुरु गर्न माग गरे । सांसद गंगा बहादुर तामाङले गएरातिको अविरल वर्षाका कारण काभ्रे जिल्लाको बनेपा र पनौति बजार डुबानमा परेको, डुबानले हजारौं रोपनीमा लगाएको धानबाली नष्ट गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद जीप छिरिङ लामा दोलखा जिल्लाका भूकम्प प्रभावित मध्ये १२ हजार परिवारले घर बनाइसकेको र उनीहरुले अहिलेसम्म दोश्रो किस्ता नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धी पुर्वनिर्धारित कार्यक्रम आजको बैठकको कार्यसूचीबाट हटाईएको छ ।  कार्यसूची २ मा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद गगन थापाले प्रस्तुत गरेका विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, ३ मा प्रेम सुवालको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र ४ नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम थियो ।
प्रतिनिधिसभाको अर्को बैठक अगामी ३१ गते १ बजेका लागि बोलाईएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC