site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुर अपडेट : हनुमन्ते साँघुरिएपछि बाढी बस्तीमा 
Sarbottam CementSarbottam Cement

भक्तपुर । गएराति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर ठिमी डुबानमा परेको छ । हनुमन्ते वरिपरि मानव बस्ती खाँदिदै र बाक्लिँदै गएपछि बाढी बस्तीमा पसेको भक्तपुर जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । हनुमन्तेले प्रत्येक वर्षामा दुःख दिने गरेको भए पनि यसपटक भने वितण्डा नै मच्चाएको छ । 

बाढी भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा बस्दा अरनिको राजमार्गसमेत अवरुद्ध हुन पुगेको थियो । त्यस्तै बाढीले भूकम्पपीडितको शिविर डुबाएको सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई जानकारी दिए ।

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेपछि जनजीवन त्रस्त बनेको थियो । बाढीले राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबाएको घिमिरे बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नदीको प्राकृतिक बहाव रोकियो 
 

६०को दशक यता जग्गा प्लटिङका कारण हनुमन्तेको प्राकृतिक बहाव साघुँ¥याउने काम भएको नदी बस्तीमा पसेको प्रशासनको भनाइ छ । त्यस्तै नदीमा फोहोर थुपारिएको र ढल मिसाइएकाले नदीको प्राकृतिक बहाव थुनिएको अधिकारीको भनाइ छ ।

Global Ime bank

“नदीका पुलका आसपास र बस्तीको छेउछाउमा टनका टन फोहोर छ, व्यवस्थापन छैन,” उनले भने, “फोहोर बगाउँदा नदी थुनिएर बाढी बस्तीमा पसेको हो । नगरकोटलगायत भक्तपुरको माथिल्लो क्षेत्रमा मुसलधारे वर्ष भएकाले हनुमन्तेमा भीषण बाढी आएको र अहिले पानी पर्न रोकिएकाले जलसतह घट्दै गएको उनको भनाइ थियो ।

त्यस्तै मनोहराले पनि खतराको तह पार गरेको छ । बुधबार बिहान पौने ९ बजेदेखि बिहीबार बिहान पौने ९ बजेसम्म २४ घन्टामा भक्तपुर र आसपासमा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नगरकोटमा ११७ मिमि, चागुनारायणमा ७६, भक्तपुरमा १२९.६, गोदावरीमा ११५.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराइका जिल्लामा पनि सुरक्षा सतर्कता अपनाइएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 
मध्ये, पश्चिम र तराइका जिल्लामा भारी वर्षा भएको उनले जानकारी दिइन् । त्यसैगरी मध्ये, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

तीन जनाको मृत्यु
 

अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा भक्तपुरमा एकैघरका तीन जनाको मृत्यु भएको जिल्ला प्रशासनले जानकारी दिएको छ । प्रशासनका अनुसार चाँगुनारायण नगरपालिका–७ मझुवामा पहिरोले टहरा भत्काउँदा  ७० वर्षीय बाजे हिराबहादुर दामा उनकी पत्नी वर्ष ६५ की पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको हो । छोरा बुहारी अर्को घरमा सुतेकाले केही नभएको ज्रिप्रकाले जनायो ।

४ बजे विपद् व्यवस्थापनको बैठक
 

बाढी बस्ती पसेलगत्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले डुंगा र क्रेनको सहायताले बालबालिका र बाढीमा फसेकाको उद्धार गरेको थियो । पानीको सतह घटेकाले अहिले उद्धारको काम सकिएको छ । पानीको सतह पूर्णरूपमा घटेपछि क्षतिको विवरण लिइने र राहतको काम गरिने अधिकारीको भनाइ छ । त्यसका लागि प्रशासनले आजै अपराह्न ४ बजे जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाएको उनी बताउँछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC