site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भद्र र रुप्सी चीनलाई हस्तान्तरण, गैंडा उपहारले सम्बन्ध मजबुदः प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्धलाई अझ व्यापक बनाउनुपर्ने बताएका छन् । चीन सरकारलाई नेपालको तर्फबाट  एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहीबार यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले दुईदेश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपहारले थप मजबुद बनाएको बताए । भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल चीन सम्बन्धलाई भद्र र रुप्सीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुप्सी नामका गैंडाको जोडी हस्तान्तरण गरे ।  हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भने, “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।”

वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताए । “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्व देखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं,” प्रधानमन्त्री ओलीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताए । साइवेरियादेखि श्रीलंकासम्मका चरा नेपालमा प्रजनन्का लागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्री ओलीले बताएको उनको सचिवालयले जनाएको छ । दुईवर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।  

\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC