देश

डुबानमा भक्तपुर, यसरी गरियो उद्धार, भक्तपुरमा २४ घन्टामा १२९ मिलिमिटर वर्षा (तस्बिरमा)

डुबानमा भक्तपुर, यसरी गरियो उद्धार, भक्तपुरमा २४ घन्टामा १२९ मिलिमिटर वर्षा (तस्बिरमा)

काठमाडौं । रातिदेखि मुलुकभर वर्षा भएको छ । पूर्वका केही स्थान, मध्ये र पश्चिम तराइका जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बिहान पौने ९ बजेदेखि बिहीबार बिहान पौने ९ बजेसम्म २४ घन्टामा भक्तपुर र आसपासमा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नगरकोटमा ११७ मिमि, चागुनारायणमा ७६, भक्तपुरमा १२९.६, गोदावरीमा ११५.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराइका जिल्लामा पनि सुरक्षा सतर्कता अपनाइएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 
मध्ये, पश्चिम र तराइका जिल्लामा भारी वर्षा भएको उनले जानकारी दिइन् । त्यसैगरी मध्ये, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

यसैबीच अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा भक्तपुरमा एकैघरका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरकानुसार चाँगुनारायण नगरपालिका–७ मझुवामा पहिरोले टहरा भत्काउँदा  ७० वर्षीय बाजे हिराबहादुर दामा उनकी पत्नी वर्ष ६५ की पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको हो ।

छोरा बुहारी अर्को घरमा सुतेकाले केही नभएको प्रहरीले जनाएको छ । यसबीच हनुमन्ते खोलाको बाढी पस्दा अवरुद्ध राजमार्ग पानीको सतह घटेपछि खुलेको छ  भने बाढीमा फसेकाहरूको डुंगा र क्रेनको सहायताले उद्धार जारी रहेको प्रहरीले जनाएको छ । 

]

तपाईंको मत