site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपत्यकामा टिपररलाई बिहान ८ देखि १२ र दिउँसो ३ देखि बेलुकी ८ बजेसम्म सञ्चालनमा रोक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उपत्यकामा टिपर र ट्रकको आतंक बढेपछि टिपर सञ्चालनका लागि नयाँ नियम लागु गरिएको छ । तीव्र गति र ओभरलोडका लागि ट्रिपरले दुर्घटना बढाएपछि नयाँ नियम लागु गरिएको हो । ट्रिपरको आतंक बढेपछि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले समेत चासो देखाएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार (आज) बाट उपत्यका भित्र चल्ने मालबाहक ठूला सवारी साधन  (ट्रक र टिपरहरू ) बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुकी ८ बजेसम्म संचालनमा रोक लगाइएको छ । यो समयमा टिपर चक्रपथभित्र प्रवेश गर्न पाउनेछैनन् । 

बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले  उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा टिपर तथा ट्रकहरुलाई समय तोकेर मात्रै सञ्चालन गरिएको महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बताए । एसएसपी पन्तले उपत्यकामा सबैभन्दा बढी ट्राफिक नियम ट्रिपरबाट भएको बताए । यस्तै भक्तपुरको जगातिदेखी कोटेश्वर सम्मको सडक खण्डमा चल्ने ट्रक र टिपरहरुलाई साउन १ गतेदेखी टाईमकार्डको लागु गर्ने तयारी भइरहेको पनि महाशाखाले जनाएको छ  ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC