Skip Advt.

देश

पहिरोले हेलम्बु राजमार्ग ठाउँठाउँमा अवरुद्ध

पहिरोले हेलम्बु राजमार्ग ठाउँठाउँमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा सिन्धुपाल्चोकका विभिन्न गाउँ जोड्ने हेलम्बु राजमार्ग अवरुद्ध हुन पुगेको छ  । सिन्धुपाल्चोकको फलटकशीला बेँसीमा पहिरो जाँदा मेलम्ची जाने सवारी बीच बाटामा अलपत्र परेको स्थानीयले जानकारी दिएका छन् ।

त्यस्तै भूकम्पले पहिरोको जोखम बढाएको जिल्लाको उत्तरी र पश्चिमी भागमा पहिरो गएको बताइएको छ । पहिरोबाट हालसम्म मानवीय क्षति भने भएको छैन ।
 

तपाईंको मत