देश

देशभर मौसम बदली, काठमाडौंमा ८८ मिलिमिटर वर्षा– पूर्व र सुदुरपश्चिममा भारी वर्षाको अनुमान 

देशभर मौसम बदली,  काठमाडौंमा ८८ मिलिमिटर वर्षा– पूर्व र सुदुरपश्चिममा भारी वर्षाको अनुमान 

काठमाडौं । रातिदेखि मुलुकभर वर्षा भएको छ । पूर्वका केही स्थान, मध्ये र पश्चिम तराइका जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा पछिल्लो २४ घन्टामा ८८ मिलिमिटर वर्षा भएको छ । तराइका जिल्लामा पनि सुरक्षा सतर्कता अपनाइएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 

उनका अनुसार काठमाडौंमा बिहान पौने ६ बजेसम्म ८८ मिलिमिटर वर्षा भएको छ ।  मध्ये, पश्चिम र तराइका जिल्लामा भारी वर्षा भएको उनले जानकारी दिइन् । त्यसैगरी मध्ये, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
ती क्षेत्रमा सतर्क रहन पनि आह्वान गरिएको उनले बताइन् ।
 

तपाईंको मत