site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इंग्ल्यान्डविरुद्ध क्रोएसिया २–१ गोलले अघि
Ghorahi CementGhorahi Cement

एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध क्रोएसियाले २–१ गोलको अग्रता बनाएको छ । क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै अग्रता बनाएको हो ।

खेलको १०९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका हुन् । निर्धारित ९० मिनेटको समयसम्म १–१ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको हो ।

Agni Group

यसअघि खेलको ६८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

यसअघि इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा क्रोएसियामाथि १–० गोलको अग्रता बनाएको थियो । 

Global Ime bank

इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै ट्रिपिएरले अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै गोल खाएको क्रोएसियाले पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेको थिएन । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा भएको पहिलो हाफमा इंग्ल्यान्डले गोल गर्ने अन्य राम्रो अवसर खेर फालेको थियो ।

५२ वर्षपछि इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । इंग्ल्यान्डले विश्वकपको उपाधि एक पटक मात्रै उचालेको छ । इंग्ल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दै उपाधि उचाल्ने लक्ष्यमा छ ।

क्रोएसियाले भने सेमिफाइनलसम्मको मात्रै यात्रा अहिलेसम्म तय गरेको छ । सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे क्रोएसियाले आफ्नो फुटबलमा इतिहास बनाउने छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ०२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC