site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी हुन् विश्वका महँगा खेलाडी, नेयमार पहिलो, रोनाल्डो चौंथो !
Sarbottam CementSarbottam Cement

एजेन्सी । रियल मड्रिडका पूर्वफरवार्ड तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो मंगलबार ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टसमा आवद्ध भएसँगै उनी सर्वाधिक महंगा खेलाडीमा चौंथो भएका छन् । ३३ वर्षीय रोनाल्डो युभेन्टस गएसँगै सर्वाधिक रकममा अनुबन्ध हुने चौंथो खेलाडी बनेका हुन् ।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा रियलमा आवद्ध भएका थिए । रियलका लागि रोनाल्डोले ४५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डोले रियललाई पाँच पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

रोनाल्डो विश्वको चौथो महँगो खेलाडी बन्नुका साथै क्लब कीर्तिमानी रकममा यूभेन्ट्स गएका हुन् । यसअघि यूभेन्टसले ७५.३ मिलियन पाउन्ड तिर्दै गोन्जालो हिगुइनलाई नेपोलीबाट २०१६ जुलाईमा भित्र्याएको थियो ।

विश्वका मंहगा अनुबन्ध हुने खेलाडी

Global Ime bank

विश्वको सबैभन्दा महँगा खेलाडीमा ब्राजिलका स्टार नेयमार, फ्रान्सका किलियन एमबाप्पे र ब्राजिलकै अर्का खेलाडी फिलिपे कौटिन्हो रहेका छन् । विश्वका दुई सर्वाधिक महँगा खेलाडी पेरिस सेन्ट जर्मनसँग रहेका छन् । विश्वको सबैभन्दा महँगो खेलाडी ब्राजिलका नेयमार हुन् । बार्सिलोनाका फरवार्ड नेयमारलाई अनुबन्ध गर्न सन् २०१७ को अगष्टमा फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बार्सिलोनालाई २ सय मिलियन पाउन्ड तिरेको थियो ।

त्यस्तै विश्वका दोस्रोे महँगा खेलाडी हुन् १९ वर्षीय किलियन एमबाप्पे । एमबाप्पेका लागि पीएसजीले मोनाकोलाई १६६ मिलियन पाउन्ड तिर्दै गत वर्षकै जुलाईमा अनुबन्ध गरेपछि एमबाप्पे विश्वको दोस्रो महँगो खेलाडी बनेका थिए ।

त्यस्तै, स्पेनिस फुटबल क्लब बार्सिलोनाले लिभरपुलका ब्राजिलियन मिड्फिल्डर फिलिप्पे कौटिन्होलाई १४२ मिलियन पाउन्डमा अनुबन्ध गरेपछि उनी ट्रान्सफर हुने खेलाडीमा विश्वका तेस्रो महँगा खेलाडी बनेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC