site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ, रासस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् । 
नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताए । 
उनले भने, “अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।” 

उनले यातायात क्षेत्र मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकाधिकारले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको बताए । एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उनको भनाइ थियो । एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उनले अपिल गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC