site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेशका मन्त्रीहरु भन्छन्– विराटनगरलाई स्थायी राजधानी बनाउँछौं
Ghorahi CementGhorahi Cement

विराटनगर । सुनसरीको इटहरीमा प्रदेशसभा भवन सार्ने मुख्यमत्रीको सचिवालयको तयारीलाई चुनौती दिँदै प्रदेश न १ का मन्त्रीहरुले विराटनगर नै स्थायी राजधानी हुने बताएका छन् । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले विराटनगरलाई प्रदेशको राजधानी हुनबाट कसैले रोक्न नसक्ने बताए । उनले भने, “अन्य जिल्लाको तुलनामा विराटनगर प्रदेशको राजधानी हुन उपयुक्त पूर्वाधार छ । त्यसैले राजधानी र संसद भवन विराटनगर नै हुन्छ ।” 

मन्त्री आङ्बोले धरान, इटहरी, धनकुटामा मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पर्क कार्यालय खोलेर जनताका समस्या सुन्ने र हल गर्ने तथा विकासका काम गर्नसक्ने बताउँदै प्रदेशको राजधानी विराटनगर नै हुने ठोकुवा गरे । 

Agni Group

त्यसैगरी आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले पूर्वाधारले सम्पन्न ठाउँलाई नै प्रदेशको स्थायी राजधानी बनाउन माग गरे । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि विराटनगर नै प्रदेशको राजधानी हुनुपर्ने विचार व्यक्त गरे । उनले भने, “स्थायी राजधानी तोक्ने काम चाँडै हुन्छ । बिना आधार अस्थायी राजधानी तोकिएको होइन, त्यसैले राजधानी विकेन्द्रीकरण गर्नु हुँदैन ।”

Global Ime bank

मुख्यमन्त्री शेरधन राईले भने भने यस विषयमा खुलेर बोलेका छैनन् ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले विराटनगर स्थायी राजधानी हुनेमा कुनै शंका नगर्न आग्रह गरे ।  उनले भने, “एउटा पैनी बनाउन सक्ने आर्थिक क्षमता नराख्ने प्रदेश सरकारले भौतिक संरचना नभएको ठाउँमा कसरी राजधानी राख्न सक्छ ?”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC