site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भूकम्पमा जोगिएका तर जोखिमपूर्ण विद्यालय भत्काइँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । तीन वर्षअघिको विनाशकारी भूकम्पमा जोगिएर पनि कमजोर र थिलथिलो संरचना भएका विद्यालय भवन सरकार आफैंले भत्काएर पुनर्निर्माण गर्ने तयारी थालेको छ । भवनको बाहिरी अवस्था सद्दे देखिए पनि भूकम्पीय दृष्टिले जोखिमयुक्त विद्यालयको पुनर्निर्माण र आवश्यकता अनुसार रेट्रोफिटिङ गर्न लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ ।

इकाइका प्रमुख इमनारायण श्रेष्ठले देशभरका स्कुलको अवस्था पहिचान गर्न एकदमै आवश्यक रहेको बताउँदै विभिन्न विद्यालयमा इन्जिनियर पठाएर कुन विद्यालयको अवस्था कस्तो छ, कुन विद्यालयलाई भत्काएरै पुनर्निर्माण गुर्नपर्ने हो र कति विद्यालयमा रेट्रोफिटिङमात्रै गुर्नपर्ने हो भनेर डाटा संकलन गर्ने काम सुुरु गरेको बताए । 

भूकम्पबाट जोगिए पनि सानोतिनो धक्का वा अन्य विपद्बाट भविष्यमा भत्किन सक्ने खतराको अवस्थामा रहेका विद्यालयहरुको पहिचान गरी बनाउन लागिएको उनले जानकारी दिए । आउँदो वर्षमा त्यस्ता विद्यालयको निर्माण कार्य थालिने उनले बताए । 

Agni Group

भूकम्पबाट काठमाडौं, भक्तपुर र ललितपुरका साथै धादिङ, नुवाकोट, गोरखा, रसुवा, चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, रसुवालगायतका धेरै विद्यालयमा क्षति पुगेको थियो । यी सबै जिल्लामा गरेर ५ हजार ७ सय ६० वटा विद्यालयमा क्षति पुगेको थियो । यीमध्ये अधिकांशमा पूर्ण तथा आंशिकरुपमा पुनर्निर्माणको काम सुरु भइसकेको छ ।

भूकम्पले क्षति नपुर्याएको तर जोखिमयुक्त संरचना भएका करिब ५ सय विद्यालय भत्काएर बनाउनुपर्ने आवश्यकता रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । इकाइले दिएको तथ्यांकअनुसार पहिलो चरणमा भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लाका विद्यालय पुनर्निर्माण तथा रेट्रोफिटिङका लागि प्राथमिकतामा राखिएको छ भने अन्य जिल्लामा पनि यो कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको छ । 

Global Ime bank

त्यस्ता विद्यालयमध्ये भत्काएर पुनर्निर्माण गर्नुपर्ने १ सय ८० र रेट्रोफिटिङ गर्नुपर्ने १ सय ५० बढी विद्यालय हालसम्म छनोट भइसकेका छन् भने अन्य जिल्लामा डाटा संकलन जारी रहेको छ ।

पुनर्निर्माणका लागि छानिएकामध्ये ६७ वटा पहिलो चरण र १३ वटा विद्यालय दोस्रो चरणमा निर्माण हुनेछन् । रेट्रोफिटिङ गर्नुपर्ने एक १ सय ५० वटा विद्यालयलाई अवस्था अनुसार पहिलो र दोस्रो चरण गरी काम गरिने छ ।

इकाइका अनुसार विद्यालय पुनर्निर्माण र रेट्रोफिटिङका लागि लाग्ने रकम एसियाली विकास बैंक (एडीबी)ले सहयोग गर्ने भएको छ । भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुगेकोमा हालसम्म ३ सय ७० विद्यालय मर्ज भएका कारण ७ हजार ५ सय ५३ वटा पुनर्निर्माण गर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ । 

प्राधिकारणले पुनर्निर्माणअन्तर्गत एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, युसएसएडलगायत अन्य विभिन्न गैरसरकारी संस्था र नेपाल सरकारको स्रोत परिचालन गरी पुनर्निर्माणलाई तिव्रता दिएको बताउँदै आए पनि तीन वर्षमा ५१ प्रतिशतमात्रै काम सकिएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म विभिन्न स्थानका ३५ सय भवनको निर्माण सम्पन्न भइसकेको छ भने करिब १ हजार ६९२ निर्माणाधीन छन् । अझै पनि अवस्था खस्केको कतिपय विद्यालयमा निर्माणको काम भने सुरु भइसकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC