site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
सोनाली बेन्द्रेलाई कुन क्यान्सर भएको छ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । केही दिन अघिबाट ‘इण्डियाजÞ बेस्ट ड्रामेबाज’ नामक रियालिटी शोमा बलिउड अभिनेत्री सोनाली बेन्द्रे देखिन छोडे पछि कसैले उनी बिरामीका कारण अनुपस्थित भएको कल्पनासम्म पनि गरेका थिएनन् । 

तर तिनै अभिनेत्री सोनाली बेन्द्रे क्यान्सरसँग जीवनका लागि संघर्ष गरिरहेको समाचा सार्वजनिक भएको छ । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै लेखिन्, ‘‘हाल गरिएको स्वास्थ्य जाँच पछि मलाई हाईग्रेड मेटास्टेटिस क्यान्सरको संक्रमण भएको थाहा पाएँ । यसको मैले कल्पनासम्म पनि गरेकी थिएन । लगातार हुने दुःखाई पछि मैले आफ्नो जाँच गराउँदा चकित पार्ने रिपोर्ट पाएँ ।’’

हाईग्रेड मेटास्टेटिस क्यान्सर के हो ? 

Prabhu Bank
Agni Group
NIC Asia

सोनाली बेन्द्रेको उक्त इन्स्टाग्राम पोस्ट पछि सवैमा उनलाई संक्रमित क्यान्सर कुन स्टेजमा र कति खतरा छ भन्ने चाँसो बढेको छ । बीबीसीले पनि यस विषयमा भारतका विभिन्न अन्कोलोजिस्टसँग यसका बारेमा सोधपुछ गरेको छ । 

दिल्लीस्थित अपोलो अस्पतालमा अन्कोलोजी विभागकी प्रमुख डाक्टर सपना नांगिया क्यान्सरका बारेमा इन्स्टाग्राममा शेयर गरेका कुराहरुबाटै सोनाली बेन्द्रेको क्यान्सर कति खतरनाक छ भन्ने बारेमा अनुमान गर्न सकिने बताउँछिन् । 
मेटास्टेटिस क्यान्सर के हो ? भन्ने प्रश्नको जवाफमा उनले भेनकी छिन्, ‘‘हरेक मेटास्टेटिस क्यान्सरले ज्यानै लिन्छ भन्ने हुन्दैन । कयौं केशमा यस प्रकारको क्यान्सरको उपचार पनि सम्भव हुन्छ ।’’

Global Ime bank

अभिनेत्री सोनाली बेन्द्रेको क्यान्सर ‘हाईग्रेड मेटास्टेटिस’ क्यान्स हो । यस कारण पनि हाईग्रेड भनेको के हो भन्ने बारेमा पनि जानकारी हुन आवश्यक देखिन्छ । डाक्टर सोनालीका अनुसार हाईग्रेडको अर्थ दुई प्रकारका छ्, पहिलो प्राइमरी ओरिजन परिवर्तन भइसकेको र दोस्रो ट्यूमर खालको ।

उपचार के छ ? 

सोनालीले इन्स्टाग्राम पोस्टमा आफू अहिले न्युयोर्कमा उपचाररत रहेको बताएकी छिन् । के क्यान्सर स्टेज ४ मा पुगे कस्तो प्रकारको उपचार सम्भव छ ? 

डाक्टर आशुतोषका अनुसार क्यान्सरको सवैभनदा राम्रो उपचार भनेको सर्जरी हो । तर तयसका लागि पनि क्यान्सर शरीरको अर्को भागमा संक्रमित नभएको हुन जरुरी छ । सर्जरी केवल स्टेज १ र २ मा मात्रै लाभदायक हुने उनको भनाई छ । डाक्टर आशुतोषले कुनै विशेष परिस्थितिमा स्टेज ३ मा पनि सर्जरी गर्न सकिने बताएका छन् । यस्तो अवस्थामा हरेक सर्जरीभन्दा अगाडि बिरामीलाई किमोथेरापी पनि गर्नु पर्ने हुन्छ । 

स्टेज ४ का लागि के उपाय छ ? 

डा. आशुतोष भन्छन्, ‘‘स्टेज ४ मा रहेको क्यान्सरमा सर्जरी गर्न सकिदैन । यसमा केवल किमोको मात्रै सहारा लिनु पर्ने हुन्छ । यसका साथै विशेष प्रकारको टारगेट थेरापीपनि बिरामीका लागि लाभदायक हुन्छ सक्छ । जसलाई ट्याब्लेट र इन्जेक्शनका माध्यमबाट रगतमा दिनु पर्दछ, यसले क्यान्सर सेल शरीरका अन्य भागमा पुग्न पाउँदैनन् ।’’
https://www.bbc.com/hindi/entertainment-44722465

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  ०६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC