site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
प्रधानमन्त्री ओली भन्छन्– डा. गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएका हुन्
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भने, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गर्छ । यसमा आत्तिनुपर्दैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेको बताए । “बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्,” प्रधानमन्त्री ओलीले भने । शान्ति प्रक्रियाका केही अवशेषहरु पनि अब चाँडै नै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक,गोविन्द केसी,उपकुलपति जस्ता बिषयमा साँसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह गरे । “हामीले नराम्रो केही गरेको छैन । दृढताका साथ कुरा राख्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “अरु चाँही साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाँही ओइलाउने हुन्छ ?”

Global Ime bank

प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली काँग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौती दिएको उनको सचिवालयले जनाएको छ । “विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?,” प्रधानमन्त्रीको प्रश्न छ ।
काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

“कुन बिषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकताअनुसार कलेजलाई सम्बन्धन दिऔं,” प्रधानमन्त्री ओलीले भने । संसदमा पेश भएको चिकित्सा शिक्षा विधयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 
“सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउछ यसमा के अनौठो भयो र ?,” प्रधामन्त्रीले भने । 

नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनुपर्ने, हजारौं विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।  संस्कृत विश्व विश्व विद्यालयका उपकुलपति स्वीकृत नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पारे ।

संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीले बताए । “अहिलेका हल्लाले यो छानबिन रोकिँदैन” प्रधानमन्त्रीले स्पष्ट पारे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  ०४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC