site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेट सक्न दैनिक ४० अर्ब खर्च गर्नुपर्ने गर्नुपर्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालू आर्थिक वर्ष समाप्त हुन ८ दिनमात्र बाँकी रहँदा कूल बजेटको ६९.३३ प्रतिशत बजेट खर्च भएको छ । आव २०७४–७५ मा सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएकोमा हालसम्म १० खर्ब पनि खर्च हुन नसकेको हो ।

महालेखा नियन्त्रका कार्यालयका अनुसार शनिबार साँझसम्म सरकारको ढुकुटीबाट कूल ९ खर्ब ५५ अर्ब ४१ करोड रुपैयाँ प्रवाह भएको छ । त्यसमध्ये ६ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ चालूतर्फ, १ खर्ब ९२ अर्ब ४८ करोड रुपैयाँ पुँजीगततर्फ र ९२ अर्ब ८४ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको हो । यो खर्च सोही शिर्षकमा गरिएको खर्च अनुमानको क्रमशः ८३.३९, ५७.४३ र ६६.१८ प्रतिशत हो ।

यसहिसाबमा चालू आव समाप्त हुन ८ “वर्किङ डेज” मात्र बाँकी रहँदा सरकारको ढुकुटीबाट अझै ३ खर्ब २३ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खर्च गर्न बाँकी छ । तसर्थ, एकदिनमा प्रतिदिन ४० अर्ब ४५ करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यता पछिल्लो २ साता राष्ट्रिय ढुकुटीबाट प्रतिदिन ५ अर्ब रुपैयाँको हाराहारीमा भुक्तानी भएको छ । यो खर्च÷भुक्तानी यसअघिको भन्दा उच्च नै भएपनि यही रफ्तार बजेट खर्च अनुमान भेट्टाउन पर्याप्त भने छैन । हालसम्म भएको ९ खर्ब ५५ अर्ब रुपैयाँको खर्चमा प्रतिदिन ५ अर्बको हिसाब गर्ने हो भने अन्त्यसम्म ९ खर्ब ९५ अर्ब रुपैयाँमात्र खर्च हुने देखिन्छ ।

यता अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवको अद्र्धवार्षिक समिक्षा गर्दै बजेट अनुमान घटाएर संशोधित खर्च बजेट वक्तव्यमा गरिएको अनुमानको ८१ दशमलव ८ प्रतिशत (१० खर्ब ४६ अर्ब रुपैयाँ) हुने बताएका थिए । यसअर्थमा पछिल्लो समयमा भएको औसत खर्चको अनुमानमा पनि बजेट भुक्तनी हुने हो भने आव समाप्तिसम्म हुने भने संशोधित अनुमान बराबरको खर्च हुन पनि धौ धौ छ ।

Global Ime bank

सरकारी खर्च समग्रमै कम हुने देखिँदा पुँजीगततर्फ हुने खर्चको अवस्था भने झनै नाजुक देखिएको छ । विनियोजित अनुमानको ७१.२ प्रतिशत हुने लक्ष्य राखिएकोमा ८ दिन बाँकी रहँदा ५७.४३ प्रतिशत (१ खर्ब ९२ अर्ब ४७ करोड रुपैयाँ) खर्च भएको हो ।

यसको अर्थ यो वर्ष पनि अन्तिम साता ठूलो मात्राको बजेट निकासा हुने पक्का छ । वर्षको अन्तिम समयमा निर्माणतर्फ हुने ठूलो मात्राको भुक्तानीले यसवर्ष पनि अन्तिम सातामा हुने खर्चको क्रमले निरन्तरता पाउने देखिन्छ । लक्ष्यकै हिसाब गर्दा दैनिक ५ अर्ब ७७ करोड रुपैयाँ नै पुँजीगत खर्च गर्नुपर्ने देखिन्छ । तर, पछिल्ले दुई साता औसतमा २ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।

तर, पहिले नै काम सम्पन्न भइसकेका कतिपय आयोजना तथा निर्माण कार्यको भुक्तानी पनि असार २५ भन्दा पछि हुने भएकाले यसबेला बजेट खर्च उच्च हुने मन्त्रालयको दावी छ ।

मन्त्री खतिवडाले अद्र्धवार्षिक समिक्षामा गरेको संशोधनअनुसार चालूतर्फ विनियोजनको ८७.१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७७.२ प्रतिशत हुने अनुमान छ ।

राजस्व संकलन

यता आर्थिक वर्षको अन्तिम दिन नजिकिँदै जाँदा सरकारलाई दिन प्रतिदिन लक्षित राजस्व उठाउन झनै मुस्किल देखिएको छ । शनिबार साँझसम्म उठेको राजस्वलाई हेर्दा लक्षित राजस्व उठाउन मात्र दैनिक ८ अर्बका दरले राजस्व उठाउनुपर्ने हुन्छ । शनिबार साँझसम्म सरकारले लक्षित राजस्वको ९० प्रतिशत राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयले चालू आवको बजेट तयार गर्दा ७ खर्ब ३० अर्ब राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । तर, अद्र्धवार्षि समिक्षामा त्यो घटाएर ७ खर्ब २८ अर्ब बनाइएको थियो । असार २३ गतेसम्म सरकारले जम्मा ६ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

शनिबार साँझसम्म सरकारको कूल बजेट घाटा २ खर्ब ८८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०७५  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC