site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गंगामायाका छोरा कृष्णको हत्या अभियुक्त छविलाल पौडेलद्वारा आत्मसमर्पण, थुनामा राख्न सर्वोच्चको आदेश 
Ghorahi CementGhorahi Cement

काठमाडौं । गोरखा फुलेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको अभियोग लागेका छविलाल पौडेलले आत्मसमर्पण गरेका छन् ।

उच्च स्रोतका अनुसार प्रहरीले उनलाई आइतबार सर्वोच्च अदालतमा बुझाएको बताइए पनि सर्वोच्चले भने पुर्पक्षमा रहेर मुद्दाको प्रक्रिया अघि बढाउन पाउँ भनी निवेदन दिएकाले कारागार पठाइएको बताएको छ ।
सर्वोच्च अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको छ । 

Agni Group

“प्रतिवादी छविलाल पौडेल निवेदनसाथ यस अदालतमा उपस्थित हुन आएकाले यस अदालतबाट आज मिति २०७५–०३–२४ मा भएका आदेशअनुसार निज छविलाल पौडेललाई यस अदालतका का.स. श्री टेकबहादुर खड्काको जिम्मा लगाई तहा कार्यालयमा पठाएको छ । निजलाई सिधा खान दिई थुनामा राख्नुहुन अनुरोध गरिन्छ,” सर्वोच्च अदालतले डिल्लीबजार कारागार कार्यालयमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।

पौडेल अधिकारी हत्याका अभियुक्तमध्येका हुन् । २०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बसेकी थिइन् । अनशन बसेर स्वास्थ्य अवस्था बिग्रदै गएपछि अहिले उनको वीर अस्पतालकै सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

Global Ime bank

२०६१ साल जेठमा कृष्णप्रसाद अधिकारी गोरखा फुजेलबाट हजुरआमा भेट्न चितवन गएको बेला जेठ २४ गते हत्या भएको थियो । त्यसपछि अधिकारी दम्पतीले माओवादी कार्यकर्ता जानुका पौडेल, छविलाल पौडेल लगायतले आफ्नो छोराको हत्या गरेको प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०७५  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC