site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धादिङ । विकट उत्तरी धादिङको हिन्दूङका कलमान तामाङले घर निर्माण सम्पन्न गर्नुभयो । घर बनाउँदा प्राविधिक पनि गाउँमा पुगेर घर निर्माणस्थल समेत हेरेर दोस्रो किस्ताको रकम समेत दिए । 

नुबू तामाङले पनि घर निर्माण सकेर तेस्रो किस्ताको लागि प्राविधिकलाई आग्रह गरिरहेका छन् । प्राविधिकले घर हेरेर तेस्रो किस्ताको सिफारिस गर्नुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुको घर हिन्दूङको पहिरोमाथि बनेको हो । पहिरो नजिकै बनाइएको घर प्राविधिकले हेरेर दोस्रो किस्ता सिफारिस गरेका हुन् । 

पहिरोमाथि रहेको ९३ घर अति जोखिममा रहेकोले बस्न नहुने भन्दै हालै सरकारले सो गाउँ स्थानान्तरण गर्नुपर्ने भन्दै गाउँमा जानकारी पठायो । तर गाउँमा २३ घर निर्माण भइसकेका छन् । 

Global Ime bank

पानी पर्न थालेपछि गाउँवासी गाउँछाडेर अर्को गाउँमा जानुपर्ने भएकोले उच्च जोखिम गाउँका मानिसका लागि अन्यत्र घडेरी लिनका लागि रु दुई लाख दिने घोषणा गरेपछि गाउँवासी कसरी घर निर्माण गर्ने र अर्को स्थानमा पुनः घर निर्माण गर्नु पर्दा कसरी गर्ने भन्ने अन्यौलमा रहेको सामाजिक कार्यकर्ता विजय तामाङले बताए ।  

सधैँभरि पहिरोको जोखिममा रहेको चपाङचेतका नेत्रबहादुर घलेले दोस्रो किस्ताको रकम लिए । बस्न अयोग्य भएकाले घलेले सरकारले दिएको रु दुई लाखले पाँचआना जग्गा समेत खरिद गरेका छन् । पहिरोमाथि घर बनेको छ । सरकारले दिने बाँकी अनुदान अब पहिरोमाथि नदिने र नयाँ जग्गामा घर बनाएमात्र दिने भएकोले सरकारले बस्न अयोग्य भने स्थानमा अनुदान समेत रोकेको जिल्ला कार्यान्वयन इकाई प्रमुख जिल्ला इन्जिनियर राजेन्द्र केसीले बताए ।  

चपाङचेतमा ४० घर रहेकोमा अधिकांशले गाउँमा घर बनाउन पहिलो किस्ताको रकम ल्याएर घर निर्माण गरिरहेका छन् । जिल्लाको १० बस्तीका २७६ घरपरिवार हाल बसिरहेको स्थानमा बस्न नहुने भनि भौगर्भिक इन्जिनियर र भूगर्भसास्त्रीको टोलीले अध्यायन गरी रुबिभ्याली, नेत्रावती र गैगाजमुना गाउँपालिकाका १० बस्ती बस्न अयोग्य भनि प्रमाणित गरेका थिए । 

सरकारले लामो समयपछि जिल्लाको केही बस्तीलाई बस्न नहुने बस्ती भन्दै गाउँलेलाई जानकारी दिएपछि पहिरोमाथि घर बनाउँदै गरेका अलमलमा परेका हुन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०७५  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC