site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गृहमन्त्रीले खाना खाएको सिहंदरबार वृतमा आइजीपी खनालको छड्के
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रबार मध्यान्ह ४ बजे एकाएक महानगरिय प्रहरी वृत सिहंदरबारमा आइजीपी सर्वेन्द्र खनाल छड्केमा पुगे । त्यो खनालको पूर्वनिर्धारीत कार्यक्रम थिएन । खनाल पुगेपछि उनले सिधै जवानदेखि अन्य प्रहरी अधिकारी सुत्ने कोठा तथा सबै कार्यालयको  अनुगमन गरे । 

झण्डै १० मिनेट सिहंदरबार वृतमा रहेका खनालले निस्कनेबेला व्रिफिङ गर्दै भने, “कानुनको परिधीभित्र रहेर अपराधीविरुद्ध कठोर रुपमा प्रस्तुत हुनू ।” वृत सिहंदरबारका डिएसपी काजीकुमार आचार्यका अनुसार आईजीपी खनालले प्रहरीलाई चुस्तदुरुस्त रुपमा इमान्दारीतापूर्वक सुरक्षा र जनसेवामा लाग्न निर्देशन दिएका थिए । आईजीपी खनालले यसअघि काठमाडौं प्रहरी परिसर र महानगरिय प्रहरी अपराध महाशाखाको पनि आकस्मिक अनुगमन गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आईजीपी खनालले प्रहरीको व्यावसायीकतासँगै बस्तुनिष्ठ अनुसन्धानमा जोड दिदै आएका छन् । विभिन्न कार्यक्रममा खनालले राज्यको स्रोत साधनको सकारात्मक सदुपयोग गर्दै सेवा प्रवाह गर्नुुपर्ने बताउँदै आएका छन् । खनालले असल काम गर्नेलाई पुरुस्कृत र गलत गर्नेलाई आन्तरिक रुपमा दण्डित गर्नेसमेत यसअघि नै बताइसकेका छन् । 

अनामनगरमा रहेको सिंहदरबार वृतमा यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी जवानसँगै बसेर खाना खाएका थिए । त्यतीबेला गृहमन्त्री थापाले प्रहरीमा गुणस्तरीय रासन उपलब्ध गराउने र विभेद हटाउने बताएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC