site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमारलाई रोक्न सक्लान् लुकाकुले ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसिया जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा आज राति ब्राजिल र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । ब्राजिल र बेल्जियमबीचको खेल रसियाको कजान एरिनामा नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा हुँदैछ ।

यसअघि प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिको र बेल्जियमले जापानलाई पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

विश्वकपमा अहिलेसम्म सन् १९८६ मा एक पटक मात्रै सेमिफाइनल पुगेको बेल्जियम ५ पटकको विश्वकप विजेता ब्राजिलको सामना गर्दैछ । १६ वर्षपछि ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको विश्वकपको प्रि–क्वाटरफाइनलमा भेट भएको थियो । जहाँ ब्राजिलले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको थियो । रसिया विश्वपकमा बेल्जियम आफ्नो पुरानो हारको बदला लिने रणनीतिमा देखिन्छ ।   

ब्राजिलका लागि विश्वका महंगा खेलाडी नेयमार मुख्य भूमिकामा रहनेछन् भने फिलिपे कौन्टिहो, पाउलिन्हो र मार्सेलो लगायतका खेलाडी पहिलो रोजाइका हुन् । त्यस्तै, बेल्जियमका चर्चित खेलाडी रोमेलु लुकाकु, इडन हजार्ड र मारौने फेल्लौनी लगायतका खेलाडी पहिलो रोजाइका हुन् ।

Global Ime bank

समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने कोष्टारिकामाथि २–० गोलको जित निकालेको ब्राजिलले समूह चरणको अन्तिम खेलमा सर्बियालाई पनि २–० गोलले पराजित गरेको थियो । ब्राजिलको जितमा, नेयमार, फिलिपे कौटिन्हो, थिएगो सिल्भा नायक बन्दै आएका छन् ।

बेल्जियम भने समूह चरणको सबै खेलमा जित हात पारेको छ । पहिलो खेलमा पानामालाई ३–० गोलले, दोस्रो खेलमा ट््युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको थियो । बेल्जियमको जितमा रोमेलु लुकाकु, इडन हर्जाडको मुख्य भूमिका रहदै आएको छ । 

हेड टु हेड
 

ब्राजिल र बेल्जियमबीच अहिलेसम्म ४ खेलमा भेट भएको छ । जसमध्ये ३ खेल ब्राजिलले जितेको छ भने १ खेल बेल्जियमले जितेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC