site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नयाँ पुस्ताले उचाल्दैछ २१ औं संस्करणको विश्वकप !
Sarbottam CementSarbottam Cement

काठमाडौं । २१औं संस्करणको विश्वकप फुटबल यसअघिका संस्करणको विश्वकप भन्दा अलि पृथक सावित हुँदै गएको छ । यो पटकको विश्वकपको उपाधि नयाँ पुस्ताले उचाल्ने निश्चित देखिएको छ ।

रसियामा जारी विश्वकप फुटबलमा पुराना खेलाडी बाहिरिइसकेका छन् ।

क्वाटरफाइनलको समीकरण पूरा हुँदासम्म यसअघि विज्ञले गरेको अनुमान गलत सावित मात्रै भएको छैन नयाँ नयाँ तथ्यहरू स्थापित हुँदै गएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

क्वाटरफाइनलको खेल शुक्रबारदेखि सुरु हुँदैछ । विश्वकप फुटबलको क्वाटरफाइनलमा ५ पटकको उपाधि विजेता ब्राजिल, २ पटकको विजेता उरुग्वे, समान १–१ पटकको उपाधि विजेता फ्रान्स र इंग्ल्यान्ड रहेका छन् । त्यस्तै, अहिलेसम्म उपाधिविहीन बेल्जियम, स्वीडेन, क्रोएसिया र आयोजक रसिया रहेका छन् ।

उपाधि यी ८ राष्ट्रमध्ये एक राष्ट्रले जित्ने हो । तर यी आठ टिममध्ये जसले जितेपनि नयाँ पुस्ताले विश्वकपको ट्रफि उचाल्ने छन् ।

Global Ime bank

पटक–पटक ट्रफि उचाल्ने देश भए पनि नयाँ पुस्ता नै कसरी ?

ब्राजिलले विश्वकप फुटबलको सर्वाधिक ५ पटक ट्रफि जितेको छ । ब्राजिलको यो कीर्तिमान अन्य कुनै राष्ट्रले तोडेका छैनन् । उपाधि उचाल्ने राष्ट्रहरुमध्ये यो विश्वकपको क्वाटरफाइनलमा ४ टिम मात्रै छन् । ब्राजिलसँगै उरुग्वे, फ्रान्स र इंग्ल्यान्ड । 

पछिल्लोपटक ब्राजिलले सन् २००२ मा जापान र दक्षिण कोरियामा आयोजना गरेको विश्वकपको उपाधि उचालेको थियो । २००२ मा विश्वकप जित्दाका कुनै पनि खेलाडी पनि जारी विश्वकपमा छैनन् । त्यस्तै, सन् १९९८ मा फ्रान्सले विश्वकपको उपाधि उचालेको थियो ।
उरुग्वेले सन् १९५० र इंग्ल्यान्डले १९६६ मा विश्वकपको उपाधि उचालेको थियो ।  अहिले जारी विश्वकपको क्वाटरफाइनलसम्म आईपुग्दा यसअघि विश्वकपको ट्रफि उचाल्ने खेलाडी छैनन् । 

विश्वकपको प्रिक्वाटरफाइनलसम्म भने विश्वकपको उपाधि उचालेका खेलाडी थिए । प्रिक्वाटरफाइनलमा स्पेनले आफ्नो स्थान बनाउँदा सन् २०१० को विश्वकप जिताएका मुख्य र चर्चित खेलाडी थिए । आन्डे«स इनिएस्टा, कप्तान सर्जियो रामोस, जेरार्ड पिके, सर्जियो बुस्क्वाएट्स, डेभिड सिल्भा, पेपे रेइना लगायतका खेलाडीले २०१० को विश्वकप स्पेनलाई जिताएका थिए । 

तिनै खेलाडी जारी विश्वकपको प्रिक्वाटरफाइनलसम्म थिए । तर स्पेन रसियासँग अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएसँगै विश्वकपको क्वाटरफाइनलदेखि नयाँ पुस्ता रहेका छन् ।

नयाँ पुस्ताका शीर्ष खेलाडी
 

ह्यारी केन (इंग्ल्यान्ड)
 

ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन् । उनकै नेतृत्वमा इंग्ल्यान्ड रसिया पुगेको थियो । युवा टोली इंग्ल्यान्डले क्वाटरफाइनलसम्मको यात्रा पार गर्दा सबै खेलमा नायक बनेका छन् ह्यारी केन ।

२४ वर्षीय केनको यो पहिलो विश्वकप हो । आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गरेका केन गोल्डेन बुटको दाबेदार खेलाडी हुन् । उनले जारी विश्वकपमा ६ गोल गरिसकेका छन् । केनले जारी विश्वकपमा ह्याट्रिक गोल पनि गरेका छन् । उनले पानामाविरुद्ध ह्याट्रिक गोल गरेका हुन् । जारी विश्वकपमा २ वटा मात्रै ह्याट्रिक भएको छ । एउटा उनको नाममा र अर्को पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको नाममा छ ।

किलियन एमबाप्पे (फ्रान्स)
 

केलियन एमबाप्पे त्यस्ता फ्रान्सेली युवा खेलाडी हुन् जसको खुट्टामा बल परेपछि विपक्षी टिमका खेलाडी सचेत हुने गर्छन् । अर्जेन्टिनालाई जारी विश्वकपको प्रिक्वाटरफाइनलबाटै बिदाई गर्दा एमबाप्पेले २ गोल गरेका थिए ।

अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा नायक बनेका थिए, एमबाप्पे । विश्वचर्चित खेलाडी लियोनल मेस्सीको सपना अधुरै बनाउने एमबाप्पेलाई अर्जेन्टिनाले रोक्न नसक्दा हार ब्यहोरेको थियो । खेलको ६४ र ६८ औं मिनेटमा एम्बाप्पेले गोल गरेका थिए । एमबाप्पेले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । १९ वर्षीय एमबाप्पेले सन् २०१७ देखि मात्रै फ्रान्सको राष्ट्रिय टिमबाट खेल्न थालेका थिए । उनले सबै भन्दा ठूलो प्रतियोगितामा खेल्दै गरेको यो पहिलो विश्वकप हो ।

यतिबेला उनी चर्चाको शिखरमा छन् । कुनै पनि बेला आफ्नो टिमलाई जित दिलाउने क्षमता राख्ने एमबाप्पे नयाँ पुस्ताका प्रतिभावान खेलाडी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC