site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
समूह ए को विजेताको लागि रसिया र उरुग्वेबीचको खेल सुरु
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ मा उरुग्वे र रसियाबीचको खेल सुरु भएको छ । आयोजक राष्ट्र रसिया र उरुग्वे यसअघि नै नकआउट चरण प्रवेश गरिसकेको भएपनि यो खेलले समूह विजेता तथा उपविजेताको टुंगो लाग्नेछ ।
समरा एरिनामा जारी खेलमा दुबै टिम जितको खोजीमा छन् । समूह चरणको अन्तिम खेल खेल्न लागेका रसिया र उरुग्वेले समान २—२ खेल खेलिसकेका छन् ।

दुई खेलमध्ये उरुग्वे र रसिया दुवैले दुवै खेलमा विजयी भएका छन् । उरुग्वेले यसअघि समूह चरणको पहिलो खेलमा इजिप्टलाई १—० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा उरुग्वेले साउदी अरबलाई पनि १—० गोलले पराजित गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, रसिया दुवै खेलमा फराकिलो गोल अन्तरले जित निकालेको थियो । रसियाले पहिलो खेलमा साउदी अरबलाई ५—० गोलले पराजित गरेको थियो । रसियाले आफ्नो दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

यो समूहको विजेताले समूह बी को उपविजेतासँग प्रिक्वाटरफाइनलमा खेल्नेछ । त्यस्तै, यो समूहको उपविजेताले समूह बी को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

Global Ime bank

त्यस्तै, ए समूहकै अर्को खेलमा इजिप्ट र साउदी अरबबीचको खेल पनि जारी छ । यसअघि नै विश्वकपबाट बाहिरिएका राष्ट्र इजिप्ट र साउदी अरबले आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०७५  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC