site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेनेगललाई रोक्यो जापानले, नकआउट चरणमा पुग्ने जापानको सम्भावना बलियो
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा जापानले सेनेगलसँग बराबरी खेलेको छ । जापानले बलियो प्रतिद्धन्दी सेनेगललाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

जापानका लागि ७८औं मिनेटमा केइसुके होन्डाले गोल गर्दै सेनेगलविरुद्ध २–२ गोलको बराबरीमा पुर्याएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि दुबै टिमले बराबरी खेल्दै १–१ अंक बाँडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि मौसा वागुइले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । खेलको ७१औं मिनेटमा मौसाले गोल गरे । सेनेगल र जापानले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका थिए । खेलको ११औं मिनेटमा साडिओ मानले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । खेलको ३४औं मिनेटमा टाकाशी इमुइले गोल गर्दै जापानलाई बराबरीमा पुर्याएका थिए ।

२ खेलमध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेलेको जापानको ४ अंक भएको छ । त्यस्तै, समान २ खेल खेलेको सेनेगलले पनि १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक बनाएको छ । नकआउट चरणमा पुग्ने सम्भावना दुबैको बलियो भएको छ । जापानले समूह चरणको अन्तिम खेल पोल्यान्डसँग खेल्दा सेनेगलले बलियो प्रतिद्धन्दी कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC