site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जापानविरुद्ध सेनेगल २–१ गोलले अघि
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा सेनेगलले जापानविरुद्ध २–१ गोलको अग्रता बनाएको छ । मौसा वागुइले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।

खेलको ७१औं मिनेटमा मौसाले गोल गरे । उनको उत्कृष्ट गोलमा सेनेगलले अग्रता बनाएको हो । सेनेगल र जापानले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका थिए ।

Agni Group

खेलको ३४औं मिनेटमा टाकाशी इमुइले गोल गर्दै जापानलाई बराबरीमा पुर्याएका थिए । यसअघि खेलको ११औं मिनेटमा साडिओ मानले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए ।

एसियाली मुलूक जापान आजको खेलमा जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ ।

Global Ime bank

यसअघि समूह चरणको आ–आफ्नो खेलमा जापान र सेनेगलले जित हात पारेका छन् । जापानले बलियो प्रतिद्धन्दी मानिएको कोलम्बियालाई २—१ गोलले पराजित गरेको थियो । त्यस्तै, सेनेगलले पोल्याण्डलाई २—१ गोल अन्तरले पराजित गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC