site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पानामाविरुद्ध इंग्ल्यान्ड ६–० गोलले अघि, कप्तान केनको ह्याट्रिक
Sarbottam CementSarbottam Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को जारी खेलमा इंग्ल्यान्डले पानामाविरुद्ध् गोलको वर्षा गरेको छ । पानामाविरुद्ध इंग्ल्यान्डले ६–० गोलको अग्रता बनाएको हो । इंग्ल्यान्डको फराकिलो अग्रतामा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे । दोस्रो हाफको ६२औं मिनेटमा केनले ह्याट्रिक पुरा गर्दै इंग्ल्यान्डलाई ६–० गोलको अग्रता दिलाएका हुन् ।

यसअघि पहिलो हाफसम्म इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र जोहन स्टोनेसले समान २–२ र जेसी लिंगार्डले १ गोल गर्दै पानामाविरुद्ध पहिलो हाफमा ५–० गोलको अग्रता दिलाएका हुन् । पहिलो हाफको अतिरिक्त समयमा पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि इंग्ल्यान्डले फेरि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केनले गोल गर्दै पहिलो हाफसम्म ५–० गोलको अग्रता दिलाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि खेलको ४० औं मिनेटमा स्टोनेसले गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए । खेलको ३६औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । उनले डी बक्स बाहिरबाट उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरे ।

यसअघि खेलको २२औं मिनेटमा इंग्ल्यान्डका खेलाडीलाई पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए ।

Global Ime bank

इंग्ल्यान्डले आफ्नो समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २—१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, पानामाले समूह चरणको पहिलो खेलमा बेल्जियमसँग ३—० गोल अन्तरको हार ब्यहोरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC