site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भरतपुर महानगरको बजेट तीन अर्ब ३४ करोड
Sarbottam CementSarbottam Cement

चितवन । भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाले महत्वाकांक्षी योजनासहितको बजेट सार्वजनिक गरेको छ ।

महानगर प्रमुख रेनु दाहालले महानगरको नीति तथा कार्यक्रममार्फत् आर्थिक वर्ष ०७५/७६ को लागि तीन अर्ब चौँतीस करोड पाँच लाख ८६ हजार रूपैयाँ बजेट सार्वजनिक गरिन् । महानगरले शिक्षा, स्वास्थ्य, कृषि पर्यटन आदिलाई प्राथमिकतामा राखेको छ । महानगरभित्रका २९ वडाको लागि ३१ करोड रूपैयाँ बजेट छुट्याइएको छ । महानगरले भरतपुरलाई सुन्दर र समृद्ध बनाउने लक्ष्यसहितको योजना अघि सारेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

योजनामा के के छन् ?  

रिङरोड तथा लिंकरोड निर्माण, मेघौली विमानस्थल नियमित सञ्चालन गर्ने, आधुनिक ट्राफिक लाइट जडान गरी यातायात सेवालाई व्यवस्थित बनाउने, देवघाटधाममा आधुनिक शवगृह बनाउने, साइकल लेनसहितको सडक निर्माण गरिनेलगायतका कामलाई विशेष प्राथमिकतामा राखिएको छ ।

Global Ime bank

यस्तै, शैक्षिकस्तर वृद्धिको लागि विद्यालय भर्नादर वृद्धि गरी कक्षा छाड्ने र दोहो¥याउने दरलाई न्यूनीकरण गर्न शैक्षिक सत्रको सुरूमा विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाइने लक्ष्य लिइएको छ । प्राविधिक शिक्षामा जोड दिँदै महानगर र त्रिभुवन विश्वविद्यालयको साझेदारीमा इन्जिनियरिङ कलेजको स्थापना र सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिने छ ।

स्वास्थ्यतर्फ भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पहल गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

उद्योग तथा पर्यटनतर्फ घरेलु उद्योगलाई प्राथमिकता दिँदै उद्योगमैत्री समाज र समाजमैत्री उद्योगको नीति तय गरिएको छ । भरतपुर नारायणगढबजार क्षेत्रलाई व्यवस्थित सहरको रूपमा विकास गर्नको लागि मुख्य सडकमा तीनपाङ्गे सवारी सञ्चालनमा रोक लगाइने छ । महानगरलाई आर्थिक रूपमा बलियो बनाउन करको दायरा फराकिलो बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC