अर्थ व्यवसाय
काठमाडौँ । “कोक खाम रसिया जाम” अभियानका विजेताहरूको दोस्रो समूह, फिफा विश्वकपका लागि रसिया प्रस्थान गरेका छन् । कोकाकोलाले आम ४० नेपाली उपोभोक्तालाई रसिया लगेको जनाएको छ ।
बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा दोस्रो समूहका विजेताहरुको विदाई समारोह आयोजना गरिएको जनाएको छ ।
उक्त अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताहरुलाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो । ४० बिजेताहरुलाई २ टोलीमा विभाजन गरिएको थियो जस मध्ये २० जना बिजेताहरु गत १५ जुनमा अर्थात असार १ गते रसिया पुगेर अर्जेन्टिना र आइसल्याण्डबीचको म्याच हेरेर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १०, २०७५ १८:४५
प्रतिक्रिया दिनुहोस्