site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवेकशील साझाद्वारा दहचोकमा वृक्षरोपण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विवेकशील साझा पार्टीले चन्द्रागिरी नगरपालिका–१ दहचोकमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सो क्रममा करिब ९ सय विरुवा केउरानी सामुदायिक उपभोक्ता वनलगाएतका वरिपरिका खुल्ला क्षेत्रहरूमा रोपिएको पार्टीले जनाएको छ । पार्टीले काठमाडौँलगायत देशैभरि सफा र हरियाली बनाउन स्थानीयलाई प्रेरित गर्ने जानकारी दिएको छ । 

वृक्षारोपणमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, केन्द्रीय सदस्यहरु मिलन पाण्डे, अर्जुन सिंह ठकुरी, मानवी पौड्याल, डा. दिनेश प्रशाई आदिको उपस्थिति थियो। कार्यक्रममा स्थानीय र पार्टीका सदस्यहरु मिलेर विभिन्न प्रजातीका विरुवा रोपेका थिए । 

कार्यक्रममा विरुवा रोप्दै संयोजक मिश्रले अब विवेकशील साझा पार्टी सामाजिक, आर्थिक, राजनतििक अभियान देशव्यापी रुपमै अघि बढ्ने बताए । उनले विरुवाहरुको स्याहारसुसार अनि संरक्षणमा समेत ध्यान दिन स्थानीयलाई अनुरोध गरे। विरुवाहरुको संरक्षणका निम्ति एउटा टोलीसमेत बनाएर संरक्षणको लागि प्रतिबद्धता समेत गरिएको थियो। सो अवसरमा पार्टीका केन्द्रीय सदस्यहरुले स्थानीयसँग अन्तरक्रियासमेत गरेका थिए। 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC