site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बढ्यो टिपरको मनपरी, धनी र चालकलाई राजनीतिक संरक्षण 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  

घटना १ 
शुक्रबार बिहान सानोठिमीमा टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्दै आएका ४८ वर्षीय चेत बहादुर थापाको मृत्यु भयो ।   बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको ग्वार्कोस्थित बी.एण्ड.बी अस्पतालमा उपचारको क्रममा बिहान साढे ६ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
 

Prabhu Bank
Agni Group
NIC Asia

घटना–२ 
 

यस्तै जेठ २९ गते भक्तपुरको जडिबुटीमा भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक रौतहट गौर घर भई हाल काभ्रेको बनेपा बस्दै आएकी २४ वर्षीय अस्मिता राजभण्डारीको मृत्यु भएको थियो ।

Global Ime bank

उक्त दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका कारण पेप्सिकोला, कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएपछि ट्राफिक प्रैहरीले सर्वसाधारणलाई वैकल्पिक रुटको प्रयोग गर्न सुझाव दिएका थिए । 

घटना– ३
 

यस्तै जेठ ९ मा काभ्रेको साँगाबाट काठमाडौंतर्फ आउँदै गरेको टिपरको ठक्करबाट स्कुटरमा सवार तीन जनाको घटनास्थलमा नै मृत्यु भयो । बा ३ ख ६६७४ नम्बरको टिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएको छ । 

मृत्यु हुनेमा दोलखा मेलुङ्ग–६ घर भई हाल मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४२ वर्षीया सबिता घिमिरे र १३ वर्षीय अरबिन घिमिरेको मृत्यु भएको थियो । यी उदाहरण मात्रै हुन् । पछिल्लो समयमा टिपर चालकको लापरवाहीका कारण कैयौंको यसैगरी ज्यान गएको छ । 

शुक्रबार बिहान भएको दुर्घटनामा टिपरसहित चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  जेठ २९ को दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित टिपर चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको थियो ।

टिपरले स्कुटरलाई ठक्कर दिएको तर ट्राफिक प्रहरीले तत्कालै केही नबोलेको भन्दै आक्रोशित स्थानीयले टिपरमाथि आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ । ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अवरुद्ध भएको थियो ।  मृत्यु भएका तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तर यी कुनै पनि चालकलाई कडा कारबाही भएको छैन ।

“प्रहरीको अनुसन्धानले नियतवस दुर्घटना निम्त्याउने चालकमाथि कर्तव्य ज्यान मुद्दा चलाइन्छ,” महाशाखा प्रमुख बसन्त पन्तले बाह्रखरीसँग भने, “ट्राफिक नियम मान्दा–मान्दै पनि अस्वभाविक रुपमा दुर्घटना भए अनुमति प्राप्त चालकलाई कानुनतः कर्तव्य ज्यान मुद्दा चलाउन सकिँदैन ।”

दुर्घटनामा संलग्न टिपर चालक वा धनीको राजनीतिक आडका कारण कानुनअनुसार कडा कारबाही हुन नसक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले बताए ।

“जथाभावी ओभरटेक गर्ने, जेब्राक्रस पार गर्ने पैदलयात्रुलाई प्राथमिकता नदिने, लेन मिच्ने, पछाडिको सवारीलाई साइड नदिने, अधिक गतिमा हाँक्ने, प्रेसर हर्न बजाउने टिपर चालकको सवारी चालक अनुमति पत्र रद्द गर्ने नियम ल्याएमात्र टिपर चालकको मनपरी नियन्त्रण हुन्छ,” ती अधिकृतले बाह्रखरीसँग भने, “राजनीतिक दलका नेता र डनसमेतको संलग्नतामा टिपरको मनपरी पछिल्लोसमय बढेको छ ।” 

साथै सामग्री पुर्याउने ट्रिपको लोभ र १८ देखि २५ वर्ष उमेर समूहका अपरिपक्व चालकका कारण धेरैजसो सडक दुर्घटना ट्रिपरले निम्त्याउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख पन्त बताउँछन् । भारवहन क्षमता बढी र अधिक गतिमा हुइँकिने ट्रिपरले सडकको कालोपत्रे चाँडै उक्काई अन्य सवारीभन्दा चाँडै सडकमा खाल्डा–खुल्डी बनाउने गरेको सडक विभागका उपमहानिर्देशिक मुक्ति गौतमले बताए ।


 
 
   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC